२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टीकापुर नगरपालिकाद्वारा सार्वजनिक संस्था र मठ-मन्दिरलाई सम्पत्ति विवरण पेश गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । टीकापुर नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र रहेका सार्वजनिक संघसंस्था तथा मठ–मन्दिरलाई सम्पत्ति र सञ्चालनसम्बन्धी विस्तृत विवरण पेश गर्न निर्देशन दिएको छ।

नगर कार्यपालिकाको कार्यालयले एक सूचनामार्फत् नेपालको संविधान, २०७२ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सार्वजनिक संस्था र धार्मिक संरचनाको अनुगमन, नियमन तथा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहको भएको उल्लेख गर्दै विवरण दिन भनेको हो ।

उक्त सूचनाअनुसार नगर क्षेत्रभित्र रहेका कतिपय सार्वजनिक संघसंस्था तथा मठ–मन्दिरले प्राप्त गरेको स्रोतको अभिलेख नराखेको, वार्षिक रूपमा नवीकरण नगरेको तथा सार्वजनिक वा सरकारी जग्गामा भौतिक संरचना निर्माण गरेको भन्ने विषयमा जानकारी प्राप्त भएपछि विवरण माग गरिएको हो।

सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र सम्बन्धित संस्था तथा मठ मन्दिरले हालसम्म प्राप्त गरेका चल–अचल सम्पत्तिको स्रोत, वार्षिक आय–व्ययको विवरण, नवीकरणको अवस्था तथा सञ्चालन–व्यवस्थापनसम्बन्धी जानकारी नगरपालिकाको कार्यालयमा पेश गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जनाएका छन् ।

साथै तोकिएको अवधिभित्र विवरण पेश नगर्ने संस्था तथा मठ–मन्दिरमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने समेत सूचनामा उल्लेख गरिएको छ।

टिकापुर नगरपालिकाले अतिक्रमित जग्गा हटाउन पनि शुरु गरिसकेको छ । नगरपालिकाले बजार क्षेत्र, सडक किनारा तथा नदी आसपासका सार्वजनिक जग्गामा बनेका अनधिकृत संरचना हटाउन शुरु गरेको हो ।

नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण, पारदर्शिता र सुशासन कायम गर्ने उद्देश्यले यो कदम अघि बढाइएको जनाएको छ।

0 Comments