२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद महावीर पुनद्वारा सम्पत्ति विवरण सार्वजनिक

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

विवरणअनुसार उनीसँग कास्की जिल्लामा करिब २८ रोपनी जग्गा, करिब तीन तोला सुन तथा विभिन्न बैंक खातामा नगद मौज्दात रहेको उल्लेख छ।

पुनले पोखरा महानगरपालिका-७ माझठानास्थित चार स्थानमा रहेको करिब २८ रोपनी जग्गा २०५२ सालतिर पदम पुनसँग साझेदारीमा खरिद गरेको जनाएका छन्। उक्त जग्गा खरिदका लागि करिब ४ लाख रुपैयाँ खर्च भएको उल्लेख गर्दै रकमको स्रोत अमेरिकाबाट फर्कँदा बचत भएको स्वआर्जित रकम रहेको बताएका छन्। उनले उक्त जग्गा राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि बिक्रीमा राखिएको भए पनि हालसम्म बिक्री नभएको जानकारी दिएका छन्।

उनले करिब तीन तोला सुन २०६० सालतिर खरिद गरिएको उल्लेख गरेका छन्। तर त्यसको स्रोतमा पत्नीलाई आफन्त तथा इष्टमित्रबाट उपहारस्वरूप प्राप्त भएको विवरणमा जनाइएको छ।

बैंक मौज्दाततर्फ नेपाल बैंक लिमिटेडमा करिब ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकमा करिब २५ लाख रुपैयाँ रहेको पुनले सार्वजनिक गरेका छन्। नेपाल बैंकमा रहेको रकम व्यक्तिगत खर्च प्रयोजनका लागि साथीहरूबाट प्राप्त भएको उल्लेख गरिएको छ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकमा रहेको रकम प्रतिनिधिसभा निर्वाचनका क्रममा सहयोगीहरूले उपलब्ध गराएको चन्दाबाट बाँकी रहेको जनाइएको छ। पुनले उक्त रकम आफू निर्वाचित क्षेत्र म्याग्दीको सदरमुकाम बेनीस्थित सम्पर्क कार्यालय सञ्चालनमा प्रयोग गर्ने बताएका छन्।

उनले आफ्नो आत्मकथा पुस्तक बिक्रीबाट हालसम्म करिब २ लाख ५० हजार रुपैयाँ आम्दानी भएको र सो रकम राष्ट्रिय आविष्कार केन्द्र तथा वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रको नाममा नेपाल बैंक लिमिटेडमा जम्मा गरिएको जानकारी दिएका छन्।

सार्वजनिक विवरणअनुसार पुनसँग यसबाहेक ऋण दायित्व, सवारीसाधन, कृषि तथा पशुधन वा अन्य उल्लेखनीय सम्पत्ति नरहेको जनाइएको छ।

0 Comments