काठमाडौँ । सरकारले केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ ।
प्रशासन विशेष स्रोतका अनुसार उक्त अध्यादेशमार्फत करिब ४० वटा कानुनमा संशोधन गर्ने तयारी गरिएको छ । विभिन्न क्षेत्रसँग सम्बन्धित कानुनी प्रावधानलाई एकै पटक परिमार्जन गर्ने उद्देश्यले ‘केही नेपाल ऐन संशोधन गर्ने’ प्रकृतिको अध्यादेश अघि बढाइएको जनाइएको छ ।
स्रोतका अनुसार विकास निर्माण, प्रशासनिक प्रक्रिया तथा सेवा प्रवाहमा देखिएका कानुनी जटिलता हटाउन आवश्यक ठानिएका विषयहरू समेटेर संशोधन प्रस्ताव गरिएको हो । यसमार्फत प्रक्रियागत झन्झट घटाउने र निर्णय कार्यान्वयनलाई छिटो बनाउने लक्ष्य राखिएको बताइएको छ ।
सरकारले पछिल्लो समय विभिन्न क्षेत्रसँग सम्बन्धित कानुनी व्यवस्था परिमार्जन गर्न अध्यादेशमार्फत अघि बढ्ने रणनीति लिएको छ । यसअघि पनि केही अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरिसकिएको र थप अध्यादेश तयारीको चरणमा रहेको स्रोतले जनाएको छ ।







