२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनोहरा नदीको धार परिवर्तनपछि काठमाडौँ-भक्तपुर सीमाक्षेत्रमा ११५ रोपनी जग्गा प्रभावित

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाअन्तर्गत नदीको हालको बहाव र स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बीच देखिएको फरक अवस्थाबारे प्राविधिक तथा प्रशासनिक स्तरमा छलफल अघि बढाएको छ।

महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं तथा आयोजनाका प्रमुख निर्मलराज बरालसँग नदी क्षेत्रको नक्सा तथा सीमासम्बन्धी विवरण अध्ययन गर्दै स्वीकृत डीपीआरअनुसार नदीको बहाव क्षेत्र कायम गर्ने कार्यलाई प्राथमिकतामा राखिएको बताएकी छन्।

महानगरका अनुसार स्वीकृत योजना दस्तावेजमा नदीको धार २०२१ सालको नापी नक्साअनुसार रहनुपर्ने उल्लेख भए पनि समय क्रममा बहाव पश्चिमतर्फ सरेको छ। यसका कारण काठमाडौँतर्फ पर्ने करिब १०० रोपनी जमिन भक्तपुरतर्फ गएको तथा भक्तपुरतर्फको करिब १५ रोपनी क्षेत्र काठमाडौँतर्फ परेको अवस्था देखिएको छ।

डंगोलले कानुनी तथा प्रशासनिक प्रक्रिया शीघ्र पूरा गरी योजनाअनुसार नदी क्षेत्र व्यवस्थापन गर्न निर्देशन दिएकी छन्। यसका साथै लागत अनुमान तयार गर्ने, आवश्यक जनशक्ति परिचालन योजना बनाउने तथा कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

नदी किनारमा रहेका अव्यवस्थित बस्तीका कारण अघिल्लो चरणमा रोकिएका कामलाई तीव्रता दिनुपर्ने महानगरको भनाइ छ। बस्ती क्षेत्रबाट भूमिहीन दाबी गर्दै विवरण दिएका व्यक्तिको उचित व्यवस्थापन, खाली गराइएका स्थानमा रहेको निर्माण सामग्रीको समुचित व्यवस्थापन तथा खाली क्षेत्रलाई घेराबार गरी संरक्षण गर्ने कामलाई समेत प्राथमिकतामा राखिएको छ।

आयोजना प्रमुख बरालका अनुसार आयोजनाभित्र पर्ने करिब १.५ किलोमिटर नदी बहाव क्षेत्रमध्ये ५७५ मिटर भाग पुरानै अवस्थामै रहेको छ भने बाँकी खण्डमा नदीले मार्ग परिवर्तन गरेको छ।

उनले भक्तपुरतर्फ सरेको जमिन क्षेत्रमा स्थायी तथा अस्थायी संरचना रहेको उल्लेख गर्दै मानव बसोबास हटाइएपछि ती संरचना हटाउने कार्य सम्पन्न गरिएको र त्यसपछि रिप्लटिङ प्रक्रिया अघि बढाइएको जानकारी दिए।

0 Comments