२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा सुकुम्वासीको अवस्था अनुगमन, सुधार भइरहेको रञ्जु दर्शनाको दाबी

अ+ अ-

काठमाडौँ । काठमाडौँ क्षेत्र नं. १ की सांसद रञ्जु दर्शनाले कीर्तिपुरमा रहेको अस्थायी होल्डिङ सेन्टरमा पुगेर त्यहाँ राखिएका सुकुम्वासी तथा भूमिहीन बस्तीका नागरिकहरूको अवस्थाबारे स्थलगत अवलोकन गरेकी छन्।

अनुगमनका क्रममा उनले गर्भवती, सुत्केरी महिला तथा साना बालबालिका भएका परिवारसँग प्रत्यक्ष संवाद गरेकी थिइन्।

देशका विभिन्न स्थानमा सुकुम्वासी तथा भूमिहीन बस्ती व्यवस्थापन प्रक्रिया तीव्र भइरहेका बेला संवेदनशील समूहका नागरिकप्रति विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरिन्।

सांसद दर्शनाले आफू पनि गर्भावस्था र मातृत्वको अनुभवबाट गुज्रिरहेको भन्दै यस अवस्थाको संवेदनशीलता आफूले नजिकबाट बुझ्न सक्ने बताइन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफू केवल जनप्रतिनिधि मात्र नभई एक आमा समेत भएको उल्लेख गरेकी छन्।

उनका अनुसार गर्भवती, सुत्केरी तथा बालबालिकासँग सम्बन्धित आधारभूत आवश्यकता सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। बस्ती स्थानान्तरणका क्रममा प्रभावित परिवारलाई अस्थायी रूपमा एउटै स्थानमा राखिएको अवस्थाले पीडा भए पनि दीर्घकालीन समाधानप्रति आशा कायम रहेको उनले बताइन्।

दर्शनाले हिजोको तुलनामा आजको व्यवस्थापनमा केही सुधार देखिएको उल्लेख गर्दै छुट्टाछुट्टै अस्थायी टेन्टहरूको व्यवस्था भएपछि बसोबास केही व्यवस्थित भएको अनुभव भएको बताइन्।

संघीय सरकारका सम्बन्धित मन्त्रालय र भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको समन्वयमा काठमाडौँ महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएको छ भने राधास्वामी आश्रमले खाद्यान्न व्यवस्थापन गरिरहेको जानकारी पनि दिइएको छ।

सांसद दर्शनाले गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिका लागि पोषणयुक्त आहार सुनिश्चित गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको प्रोटेक्सन क्लस्टरमार्फत समन्वय भइरहेको उल्लेख गरिन्।

उनले सुरक्षित आवास उपलब्ध गराउने जिम्मेवारी राज्यको भएकाले अस्थायी समाधानलाई मात्र पर्याप्त नमानी दीर्घकालीन पुन:स्थापना सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन्।

0 Comments