काठमाडौँ । रोल्पामा भएको जिप दुर्घटनामा ज्यान गुमाएका सबै २० जनाको पहिचान पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृतकहरूको सनाखत सम्पन्न भइसकेको छ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका सबै व्यक्तिहरूको परिचय औपचारिक रूपमा खुलेको हो।
बिहीबार रोल्पाको जलजला क्षेत्रमा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन गइरहेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो। सो दुर्घटनामा परी २० जनाले ज्यान गुमाएका थिए भने एक जना घाइते भएका थिए।
मृतकहरू सिस्ने गाउँपालिका-५ टाकुरा गाउँ, घोराही उपमहानगरपालिका-१५ रतनपुर (दाङ) तथा रुकुमपूर्वको भूमे गाउँपालिका क्षेत्रका बासिन्दा रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका सिस्ने-५ का समीर कामी उपचारपछि घर फर्किसकेको जानकारी पनि प्रहरी प्रशासनले दिएको छ।
हाल दुर्घटनास्थलबाट शवहरू निकाल्ने कार्य सम्पन्न भई सम्बन्धित परिवारलाई बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
सिस्ने–५, टाकुरा, रुकुम पूर्व घर भएकाहरू (१० जना)
१. गोर्ख बहादुर बुढाथोकी (३२ वर्ष)
२. तिलकुमारी बुढाथोकी (५३ वर्ष)
३. युवा बुढाथोकी (२८ वर्ष)
४. दिव्यन बुढाथोकी (१० वर्ष)
५. सृजना बुढाथोकी (२४ वर्ष)
६. सुदीप बुढाथोकी (१३ वर्ष)
७. ओमकुमारी बुढाथोकी (४० वर्ष)
८. मीना कामी (६० वर्ष)
९. लक्ष्मी शाह (६० वर्ष)
१०. रुक्मिणा बस्नेत
भुमे–५, रुकुम पूर्व घर भएकाहरू
११. टेकप्रसाद बुढामगर
दाङको घोराही-१५, रतनपुर घर भएकाहरू
१२. दोरपती जिसी (५४ वर्ष)
१३. तिला जिसी (३२ वर्ष)
१४. जेनिस जिसी (७ वर्ष)
१५. जेनिसा जिसी (१२ वर्ष)
१६. एलिना जिसी (२५ वर्ष)
१७. संयोग जिसी (७ वर्ष)
१८. यमबहादुर जिसी (उमेर नखुलेको) घोराही–१३, दाङ
१९. धनमाया विष्ट शान्तिनगर, दाङ (हाल: सिस्ने–५, रुकुम पूर्व)
२०. बेदु कामी (४२ वर्ष) – सवारी चालक







