२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन : उम्मेदवारी मनोनयन दर्ता नि:शुल्क

अ+ अ-

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा युवा र महिलाहरूलाई पुर्‍याउन प्रोत्साहन गरेको छ । 

सोसाइटीले अध्यक्ष/सभापति/महामन्त्री/महासचिवलगायत प्रमुख पदमा सोसाइटीको सबै तहको नेतृत्वदायी भूमिकामा उनीहरूको सार्थक उपस्थितिका विशेष ध्यान दिएको हो । यसअन्तर्गत महिला र १८ देखि ३० वर्ष उमेर समूहका युवाले नेतृत्वदायी पदहरूमा उम्मेदवारी दिन प्रोत्साहन गर्दै उम्मेदवारी मनोनयन दर्ता नि:शुल्क गरेको छ । 

सोसाइटीको विधान २०२० (अठारौँ संशोधन २०८२ सहित) अनुसार संस्थामा महिलाको सहभागिता कम्तीमा ३३ प्रतिशत रहने सुनिश्चित गरेको छ भने सोसाइटीको केन्द्रीयस्तरमा युवा रेडक्रस आयोग, प्रदेशस्तरमा प्रदेश युवा रेडक्रस समिति, जिल्लास्तरमा जिल्ला युवा रेडक्रस समिति र पालिकास्तरमा पालिका युवा रेडक्रस समिति रहने व्यवस्था रहेको छ । 

विधानअनुसार २१ जनाको समिति रहने सोसाइटीको केन्द्रीय समितिमा एक जना महिला उपाध्यक्ष र पाँच जना महिला सदस्य रहने व्यवस्था गरिएको छ ।

पन्ध्र जनाको समिति रहने प्रदेश समितिमा महिला उपाध्यक्ष एक जनासहित सदस्य तीन जना महिला र युवा समितिबाट महिला एकसहित दुई जनाको सहभागिता रहने व्यवस्था छ ।

सोसाइटीको जिल्ला शाखामा पनि १५ जनाको समिति रहने छ । यसमा एक जना महिला उपसभापति र तीन जना सदस्य महिला हुनुपर्ने व्यवस्था छ भने जिल्लास्तरीय युवा समितिले आफूमध्येबाट छनोट गरेका एक जना महिलासहित दुई जनाको सहभागिता रहने छ ।

सोसाइटीको पालिका शाखामा १५ जनाको समिति रहने व्यवस्थाअनुसार महिला उपाध्यक्ष एक जना र सदस्यमा तीन जना महिला रहने व्यवस्था गरिएको छ । 

यस्तै, पालिका युवा समितिबाट कम्तीमा एक जना महिलासहित दुई जनाको सहभागिता रहने विधानमा व्यवस्था गरिएको छ । नौ जनाको कार्यसमिति रहने उपशाखा तहमा उपसभापति र कोषाध्यक्षमा महिला एक/एक जना अनिवार्य गरिएको छ भने सदस्यमा दुई जना महिला रहने व्यवस्था गरिएको छ ।

सबै तहमा हुने खुल्ला सदस्यमा पनि युवा तथा महिलाले उम्मेदवारी दिन सक्ने व्यवस्था रहेको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासंघ आइएफआरसीले पनि नेपाल रेडक्रस सोसाइटीमा महिला र युवाको नेतृत्वदायी भूमिका रहनुपर्नेमा जोड दिँदै आएको छ । 

सोसाइटीले देशभरका पालिका, जिल्ला, प्रदेश तथा केन्द्रीय समितिहरूको निर्वाचन प्रक्रिया अघि बढाएको छ । जसअन्तर्गत २०८३ वैशाख २६ देखि जेठ ४ गतेसम्म सबै पालिका शाखा समितिहरूको, जेठ १५ गते जिल्ला शाखा समितिहरूको, असार २ गते सातै प्रदेश समितिहरू र प्रत्येक प्रदेशसभाको अधिवेशनमा भाग लिन आएका पालिका प्रतिनिधिहरूमध्येबाट केन्द्रीय सभाको महाधिवेशनका लागि तोकिएअनुसारका प्रतिनिधिहरूका साथै असार २४ र २५ गते केन्द्रीय समितिको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन कार्य तालिका तय गरेको छ ।  

0 Comments