काठमाडौँ । रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । सोमबार बिहान खोलामा पानीको सतह बढेपछि सवारी साधनहरू रोकिएको हो ।
बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार कुषादेवी क्षेत्रमा लगातार वर्षा भएपछि रोशी खोलामा पानीको सतह बढेको छ । यसले राजमार्गमा सम्भावित जोखिम बढाएको भन्दै सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो ।
यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा अनावश्यक जोखिम नलिन आग्रह गरिएको छ ।






