काठमाडौँ । खानेपानी मन्त्रालयका सहसचिव तथा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बालमुकुन्द श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।
प्रशासन सिँहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारीअनुसार श्रेष्ठले मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।
श्रेष्ठ मेलम्ची कार्यालयमा कार्यरत रहन इच्छुक थिएनन् । सहसचिव रमाकान्त दुवाडीलाई स्थान दिन उनलाई तत्कालीन सचिव राम आधार साह र तत्कालीन मन्त्री प्रदीप यादवले उक्त जिम्मेवारी दिएर पठाएका थिए ।
पछिल्लो समय श्रेष्ठको कार्यसम्पादनकै विषयमा मन्त्रालयभित्रै केही टिकाटिप्पणी हुँदै आएको बताइएको छ । सिधा स्वभावका उनले अनौपचारिक वा प्रभाव पार्ने शैलीका काम नगर्ने र प्रक्रियामै आधारित रहेर काम गर्ने गरेका थिए । त्यस क्रममा अपेक्षित नतिजा नदेखिएको भन्दै केही दबाब सिर्जना भएको स्रोतले जनाएको छ ।







