२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पश्चिम एसियाली द्वन्द्वको प्रभाव : मुख्य पर्यटन सिजनमा नेपालमा पर्यटक आगमन घट्यो

अ+ अ-

काठमाडौँ। पश्चिम एसियामा देखिएको द्वन्द्वको असर नेपालको पर्यटन क्षेत्रमा पनि परेको छ। विशेष गरी पर्वतारोहण र पदयात्राका लागि महत्वपूर्ण मानिने अप्रिल महिनामा पर्यटक आगमनमा गिरावट देखिएको छ।

नेपाल पर्यटन बोर्डका तथ्यांक अनुसार सन् २०२६ को अप्रिल महिनामा कुल १ लाख ७ हजार ९ सय ३४ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७।३ प्रतिशतले कम हो।

सन् २०२५ को अप्रिलमा १ लाख १६ हजार ४ सय ९० पर्यटक आएका थिए भने सन् २०१९ को कोभिड अघिको सोही महिनामा १ लाख ९ हजार ३ सय ९९ पर्यटक नेपाल आएका थिए।

क्षेत्रगत आगमन विश्लेषणअनुसार दक्षिण एसिया ९सार्क० बाट सबैभन्दा बढी ३३ हजार ४ सय ३२ पर्यटक आएका छन्, जुन कुल आगमनको करिब ३१ प्रतिशत हो। त्यसपछि अन्य एसियाली मुलुकबाट २६ हजार ७ सय २६, युरोपबाट २१ हजार ९ सय ८८, ओसिनियाबाट ५ हजार ८ सय ९८, अमेरिकी क्षेत्रबाट ११ हजार ३२, पश्चिम एसियाबाट १ हजार ६ सय ९७, अफ्रिकी मुलुकबाट ३ सय १५ तथा अन्य देशबाट ६ हजार ८ सय ४६ पर्यटक भित्रिएका छन्।

देशगत आधारमा भारत प्रमुख स्रोत बजारका रूपमा रहेको छ भने चीन दोस्रो स्थानमा देखिएको छ। भारतबाट २५ हजार १ सय ९६ पर्यटक आएका छन्। त्यसपछि चीनबाट ११ हजार ७ सय २२, संयुक्त राज्य अमेरिकाबाट ८ हजार ७ सय २४, बंगलादेशबाट ५ हजार २ सय ३१, बेलायतबाट ४ हजार ८ सय ८६, जर्मनीबाट ३ हजार १ सय ४३ र मलेसियाबाट ३ हजार ८५ पर्यटक आएको तथ्यांकमा उल्लेख छ।

बोर्डका अनुसार पश्चिम एसियामा चर्किँदो द्वन्द्वका कारण हवाई यात्रा अवरोध तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन गतिविधिमा असर परेकाले पर्यटक आगमनमा कमी आएको हो।

पर्यटन आगमन सुधारका लागि डिजिटल प्रवर्द्धनलाई विस्तार गर्दै नेपाललाई सुरक्षित र आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गर्ने थप रणनीतिक पहल आवश्यक रहेको निष्कर्ष पनि बोर्डले निकालेको छ।

0 Comments