१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८ लाख ४५ हजार बराबरको भन्सार छलीका सामान बरामद

अ+ अ-

नेपालगन्ज । बाँकेमा प्रहरीले भन्सार छली गरेर ल्याएका रु. आठ लाख ४५ हजार बरावरका विभिन्न समान बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले फलफूल, लत्ताकपडा, खाद्यान्न, कस्मेटिक समान र हार्डवेयरका सामान बरामद गरिएको जानकारी दिए । ती सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, नेपालगन्ज पठाइएको उनले बताए । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० बाट ती समान बरामद भएको प्रहरीले जनाएको छ । 

त्यसैगरी, हतियारसहित श्रव्य दृश्य सामग्री पोष्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ को अजय कुमाल र डुडुवा गाउँपालिका–४ का अनिल खटिकलाई सर्वसाधारणलाई  आतंकित पर्ने काम गरेको भन्दै उनीहरूलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेको प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । सो विषयमा पनि अनुसन्धान जारी छ । 

त्यस्तै, अनुसन्धान प्रक्रियामा रहेका मुद्दा मिलाउने भन्दै प्रतिवादीका परिवारसँग रकम असुली गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले मुद्दा मिलाइदिने बहानामा रकम असुल गरेको आरोपमा प्रहरीले कोहलपुर नगरपालिका १२, चप्परगौडी निवासी करिब ४० वर्षीय काशीराम थारुलाई पक्राउ गरेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक  पातलीले थारुलाई विभिन्न मिति र समयमा विविध कसुरमा संलग्न व्यक्तिविरुद्ध अनुसन्धान प्रक्रियामा रहेका मुद्दा मिलाइदिने भन्दै प्रतिवादीका परिवारसँग रकम लिएको आरोपमा नियन्त्रणमा लिइएको जानकारी दिए । उनले पक्राउ परेका थारूविरुद्ध ‘आपराधिक लाभ लिन नहुने’ कसुरमा बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको बताए । 

त्यसैगरी, प्रहरीले आज दुई जनालाई नेपालगन्जबाट लागू औषधसहित पक्राउ गरेको छ । भारतको बहराइच रुपैडिहा बाबागन्ज बस्ने मोहम्मद हामीद र सोही स्थान बस्ने २२ बी सकिनादेवी पथकरलाई प्रहरीले पक्राउ गरेको हो । केही लागू औषधसहित पक्राउ परेका उनीहरूसँगबाट प्रहरीले दुई थान मोबाइल र युपी ४० बिएच ४७०८ नं को मोटरसाइकल बरामद भएको प्रनाउ पातलीले बताए ।

0 Comments