काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि प्राप्त आवेदनहरूको विवरण सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार आवेदन दर्ताको प्रक्रिया निर्धारित मितिभित्र सम्पन्न भएपछि प्राप्त भएका उम्मेदवारहरूको सूची प्रेस विज्ञप्तिमार्फत जानकारी गराइएको हो।
सूचना अनुसार २०८३ वैशाख २१ गते कार्यालय समयसम्म दर्ता भएका आवेदनहरू संकलन गरी विवरण सार्वजनिक गरेको जनाएको छ।
प्राप्त विवरणअनुसार उक्त पदका लागि २१ जनाले आवेदन दिएका छन्।








