काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी उपमहानिर्देशक रमेश अर्याललाई दिइएको छ।
केही दिनअघि सरकारले गरेको सहसचिवहरूको सरुवामा तत्कालीन महानिर्देशक मदन दाहाललाई प्रदेशतर्फ सरुवा गरेसँगै उक्त पद रिक्त रहँदै आएको थियो।
सोही रिक्त पदमा उपमहानिर्देशक अर्याललाई महानिर्देशकको अधिकार प्रयोग गर्ने गरी निमित्त महानिर्देशकको जिम्मेवारी तोकिएको अर्थ मन्त्रालयका प्रशासन उच्च स्रोतले जनाएको छ।







