२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारण सभा तथा निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको छ। निर्वाचन परिणामसँगै महासंघको नेतृत्वमा अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष पदमा पुगेका छन्।

निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ महासंघको विधानअनुसार अब तीन वर्षे कार्यकालका लागि अध्यक्ष हुने भएका हुन्।

जिल्ला तथा नगर उद्योग वाणिज्य संघ समूहबाट दुई उपाध्यक्ष चयन भएका छन्। सो समूहमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन्, जसले क्रमशः ८७ र ८० मत प्राप्त गरे। प्रतिस्पर्धामा रहेका उमेश डालमिया र कल्पना गैरेले क्रमशः ५७ र ३४ मत पाएका थिए।

वस्तुगत समूहबाट नरेशलाल श्रेष्ठ उपाध्यक्ष निर्वाचित भए। उनले ६३ मत ल्याउँदा प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत पाए।

एसोसिएट समूहबाट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी भए। उनले १ हजार ७९ मत प्राप्त गर्दा प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७५० मत प्राप्त गरे।

जिल्ला तथा नगर उद्योग वाणिज्य संघतर्फ खुला १५ सदस्यीय कार्यसमिति पदका लागि विभिन्न व्यक्तिहरू निर्वाचित भएका छन्। निर्वाचित सदस्यहरूमा अर्जुनकुमार श्रेष्ठ, उज्ज्वल प्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, प्रयास श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल रहेका छन्।

महिला कोटाबाट गीता अमात्य र हिरा भट्टराई निर्वाचित भएका छन्।

प्रदेशगत प्रतिनिधित्वतर्फ कोशी प्रदेशबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेशबाट अमरनाथ साह र विकासकुमार सारडा, बागमतीबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ चयन भएका छन्।

त्यसैगरी गण्डकी प्रदेशबाट पवित्रकुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनीबाट यज्ञप्रसाद भट्टराई र बालकृष्ण सुवेदी तथा कर्णाली प्रदेशबाट पदमबहादुर शाही र पुरीचन्द्र देवकोटा निर्विरोध चयन भएका छन्। सुदूरपश्चिमबाट पिताम्बर जोशी निर्वाचित भएका छन्।

वस्तुगत समूहबाट १३ सदस्य निर्वाचित भएका छन्। तीमध्ये अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान र संघर्ष विष्ट रहेका छन्।

त्यसैगरी सागर ढकाल र होमप्रसाद घिमिरे पनि सदस्यमा चयन भएका छन्। यस समूहमा चार उम्मेदवारले समान ५०–५० मत प्राप्त गरी बराबरी अवस्था बनेको जनाइएको छ।

महिला सदस्यतर्फ सुनिता न्हेम्हाफुकी निर्वाचित भएकी छन्। यसैगरी वस्तुगत महासंघ समूहबाट विश्वनाथ खनाल र सुनैना घिमिरे सदस्य बनेका छन्।

एसोसिएट समूहमा १७ जना कार्यसमिति सदस्य चयन भएका छन्। निर्वाचित सदस्यहरूमा अम्बिकाप्रसाद पौडेल, ईश्वरबहादुर जीसी, उज्ज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवस न्यौपाने, प्रियराज रेग्मी, बटु लामिछाने, बाबुकाजी कार्की, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छा रहेका छन्।

एसोसिएट समूहको महिला प्रतिनिधित्वमा अभिज्ञा मल्ल र जुना माथेमा निर्वाचित भएका छन्।

राष्ट्रिय उद्योग वाणिज्य संघबाट मनोज पौडेल कार्यसमिति सदस्य बनेका छन् भने संस्थापक सदस्य समूहबाट गोपाल श्रेष्ठ र सुमनकुमार श्रेष्ठ चयन भएका छन्।

नयाँ कार्यसमितिसँगै निजी क्षेत्रको छाता संगठन महासंघको नेतृत्व संरचना औपचारिक रूपमा पूर्ण भएको छ।

0 Comments