२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीमा सचिवहरूको जिम्मेवारी हेरफेर, पराजुली भौतिक पूर्वाधारमा

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा सचिव तथा निर्देशकको जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा राप्ती उपत्यका देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिएको प्रदेश सरकारका प्रवक्ता एवं स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जानकारी दिए ।

मन्त्री सारुका अनुसार जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिव तोकिएको छ । बैठकले अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयको निर्देशकको जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।

मन्त्री सारुले मन्त्रिपरिषद्का विभिन्न प्रशासनिक तथा नीतिगत विषयमा समेत निर्णय भएको जानकारी दिएका छन् ।

बैठकले गुल्मीको इस्मा गाउँपालिका को केन्द्र वडा नं. ५ स्थित चापटारीमा कायम गर्न संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै, ‘अध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृति सम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरिएको छ भने प्रदेश प्रशासनिक परिसरभित्र निर्माण सम्पन्न भवनबाट सेवा सञ्चालनका लागि आवश्यक फर्निचर तथा फिक्स्चर व्यवस्थापन गर्न बजेट फुकुवा गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।

0 Comments