२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिपुलेक, लिम्पियाधुरा र कालापानी सीमा विवाद कूटनीतिक पहलमार्फत समाधान गरिने

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसँग सम्बन्धित सीमा विषयलाई कूटनीतिक संवादकै माध्यमबाट समाधान गर्ने स्पष्ट नीति दोहोर्‍याएको छ ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उक्त सीमा विवादमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट र अडिग रहेको जानकारी दिएका हुन् । 

उनका अनुसार नेपालले आफ्नो दाबी र आधारलाई निरन्तर कूटनीतिक माध्यमबाट सम्बन्धित पक्षहरूसमक्ष प्रस्तुत गर्दै आएको छ ।

प्रवक्ता क्षेत्रीले लिपुलेक क्षेत्रसँग सम्बन्धित विषयमा नेपालले यसअघि नै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै हालैका घटनाक्रमसँग सम्बन्धित विषयमा समेत नेपालले स्पष्ट रूपमा आफ्नो स्थिति राखेको बताए । महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएको तथ्य ऐतिहासिक सन्धि-सम्झौता र प्रमाणका आधारमा स्थापित रहेको नेपाल सरकारको धारणा रहेको उनले दोहोर्‍याए ।

उनका अनुसार नेपालले भारत र चीन दुवै देशलाई आफ्नो कूटनीतिक अडानबारे पुनः जानकारी गराइसकेको छ । नेपाल-भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई सम्मान गर्दै समस्याको समाधान संवादकै माध्यमबाट खोज्नुपर्नेमा सरकारको जोड रहेको पनि उनले बताए ।

0 Comments