२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडाध्यक्ष र वडा सचिवसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

अ+ अ-

काठमाडौँ । व्यक्तिगत घटना दर्तामा झुटा विवरण पेस गरी मृत्यु दर्ता गराएको आरोपमा नवलपरासी जिल्ला अदालतले सुस्ता गाउँपालिका-५ का वडाध्यक्ष प्रभुनाथ अहिरसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

अदालतले झुटा तथ्यका आधारमा घटना दर्ता गरिएको अभियोग सम्बन्धी मुद्दामा तीनै जनालाई थुनामा राखेर अनुसन्धान तथा मुद्दा अघि बढाउनुपर्ने ठहर गरेको अदालतका सूचना अधिकारी भेषराज खनालले जानकारी दिए ।  

सो आदेश मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को प्रावधान अनुसार जारी गरिएको जनाइएको छ । खनालका अनुसार थुनामा पठाइएकामध्ये वडाध्यक्ष अहिरसँगै सुस्ता-५, रामनगरका ३२ वर्षीय तारिफ मियाँ अन्सारी र सुस्ता-३ का वडासचिव ३२ वर्षीय संजयकुमार चौधरी रहेका छन् । 

आदेशपछि उनीहरूलाई कारागार चलान गरिएको छ । दुई जनालाई धरौटीमा रिहा गर्न आदेश भएको छ भने पाँच जना अझै फरार रहेको उनले बताएका छन् । 

घटनासम्बन्धी विवरण अनुसार उनीहरूलाई गत वैशाख १५ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानमा झुटा विवरण तयार गरी जीवित व्यक्तिलाई मृतक देखाएर मृत्यु दर्ता गराइएको तथ्य फेला परेको बताइएको छ ।

अनुसन्धानका क्रममा तारिफ मियाँ अन्सारीले वडा कार्यालयमार्फत आफ्ना पिताको मृत्यु भएको भन्दै कागजात पेस गरी ६६ वर्षीय व्यक्तिको नाममा गत वर्षको मङ्सिर ७ गते मृत्यु दर्ता गराएको खुलेको छ । तर, वास्तविक रूपमा उनका पिताको २०६० सालमै मृत्यु भइसकेको तथ्यसमेत पुष्टि भएको उल्लेख छ ।

घटना सार्वजनिक भएपछि गत वर्ष चैत महिनामा सो सम्बन्धी मुद्दा दर्ता गरिएको थियो । मुद्दा अहिले अदालतको प्रक्रियामा रहेको र थप अनुसन्धान जारी रहेको जनाइएको छ ।

0 Comments