२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव सेवा आश्रमको महायज्ञमा तीन करोड बढी संकलन

अ+ अ-

कास्की । मानव सेवा आश्रमले पोखरामा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान-विज्ञान महायज्ञबाट रु. तीन करोड तीन लाख संकलन भएको छ ।

मानव सेवा आश्रम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्न गर्नका लागि अर्थसंकलन गर्ने उद्देश्यले यही वैशाख १९ देखि २६ गतेसम्म पोखरा–२५ हेमजास्थित आश्रम प्रांगणमा महायज्ञ लगाइएको थियो ।

महायज्ञबाट मानव सेवा आश्रम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्नता, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष श्रीवृद्धिका लागि नगद, जिन्सी, क्युआर तथा प्रतिबद्धतासहित सो रकम सहयोग रकम प्राप्त भएको यज्ञ मूल आयोजक समितिका संयोजक अनिलकुमार शाहीले जानकारी दिए ।

महायज्ञ अवधिभर श्रद्धालु भक्तजन, विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, धर्म प्रेमी तथा दाताहरूको उत्साहजनक सहभागिताबाट उक्त रकम संकलन गरिएको हो । महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले नि:शुल्क रूपमा कथा वाचन गरेका थिए ।

दैनिक रूपमा सञ्चालन गरिएको भागवत कथा वाचन, भजन–कीर्तन, योग शिविर, विद्यार्थी लक्षित उत्प्रेरणात्मक कार्यक्रम, आरती तथा नि:शुल्क स्वास्थ्य शिविरले धार्मिक तथा आध्यात्मिक वातावरणलाई थप प्रभावकारी बनाएको शाहीले बताए ।

हाल निर्माणाधीन भवनको करिब ६० प्रतिशत कार्य सम्पन्न भइसकेको र महायज्ञबाट प्राप्त सहयोगले बाँकी निर्माण कार्यलाई थप गति प्रदान हुने विश्वास गरिएको संयोजक शाहीले बताए ।

“महायज्ञ केबल आर्थिक संकलनको अभियान मात्र नभई धार्मिक, सामाजिक तथा मानवीय चेतना अभिवृद्धि गर्ने माध्यमका रूपमा सफल भयो । पोखरा महानगरपालिका, प्रदेश तथा संघीय सरकारसँगै विभिन्न दाताहरूको निरन्तर सहयोगले सेवा अभियानलाई सशक्त बनाएको छ । महायज्ञबाट सङ्कलन भएको रकमले आश्रमको बाँकी काम पूरा गर्न सहयोग पुग्नेछ”, शाहीले भने ।

आश्रमले विगत १३ वर्षदेखि बेसहारा, अशक्त, अभिभावकविहीन बालबालिका तथा सडक आश्रित मानवहरूको उद्धार, उपचार, संरक्षण र पुन:स्थापनाको काम गर्दै आएको छ ।

हाल देशका २३ जिल्लामा ३४ सेवा केन्द्रमार्फत करिब दुई हजार २०० जनालाई सेवा प्रदान गरेको छ । पोखराका दुई केन्द्रमा मात्र करिब ३०० आश्रित रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए । 

0 Comments