२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात व्यवसायीलाई अपराधीजस्तो व्यवहार नगर्न महासंघको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात व्यवसायीप्रति राज्यको व्यवहार सुधार गर्न आग्रह गरेका छन्। उनले व्यवसायीलाई अपराधीसरह व्यवहार गर्ने प्रवृत्ति अन्त्य गर्न सरकारसँग माग गरेका हुन्।

महासंघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष स्वाँरले दुर्घटनापछि व्यवसायीलाई पक्राउ गर्ने, थुनामा राख्ने तथा मानसिक दबाब दिने कार्यले लगानीकर्तामा निराशा बढेको बताए।

उनका अनुसार यातायात व्यवसाय सञ्चालन गर्ने व्यक्ति अपराधी नभई राज्यलाई राजस्व तिर्ने जिम्मेवार लगानीकर्ता हुन्। उनले हालको बीमा प्रणालीमा रहेका कमजोरीका कारण व्यवसायीहरू थप समस्यामा परेको उल्लेख गरे।

स्वाँरले बीमा नीतिमा तत्काल सुधार आवश्यक रहेको भन्दै बीमा प्रक्रिया पूरा गरेपछि व्यवसायीलाई कानुनी रूपमा अनावश्यक हैरानी नदिने व्यवस्था हुनुपर्ने माग गरे। उनले बीमा पोलिसी बुझाइसकेपछि पनि व्यवसायीलाई अपराधीसरह व्यवहार गरिनु उचित नभएको बताए।

उनले निजी क्षेत्रको लगानीबिना यातायात क्षेत्रको विकास सम्भव नरहेको उल्लेख गर्दै यस क्षेत्रलाई व्यवस्थित र मर्यादित उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

राज्यले सार्वजनिक यातायात संस्थामा ठूलो लगानी गरे पनि अपेक्षित प्रतिफल नआएको उदाहरण प्रस्तुत गर्दै उनले निजी व्यवसायीहरूले आफ्नै स्रोतसाधनबाट देशभर सेवा दिइरहेको बताए।

अध्यक्ष स्वाँरले यातायात पेशालाई केवल जीविकोपार्जनको माध्यम नभई सम्मानित उद्योगका रूपमा विकास गर्न नीतिगत वातावरण आवश्यक रहेको धारणा राखे।

त्यसैगरी, यातायात क्षेत्रको अधिकार प्रदेश तहमा गइसकेको अवस्थामा संघ, प्रदेश र स्थानीय सरकारबीच स्पष्ट नीतिगत समन्वय आवश्यक रहेको उनले बताए। उनका अनुसार संघीय सरकारले नीति निर्माण, प्रदेश सरकारले कर तथा सुविधा निर्धारण र स्थानीय तहले व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने गरी कार्यविभाजन हुनुपर्छ।

महासंघको आगामी निर्वाचनबारे जानकारी दिँदै उनले यसपटक विद्युतीय मतदान प्रणाली (ई-भोटिङ) प्रयोग गर्ने तयारी गरिएको पनि बताए।

0 Comments