काठमाडौँ । प्रतिनिधि सभामा सभामुख तथा उपसभामुख अनुपस्थित रहेको अवस्थामा बैठक सञ्चालन गर्न सात सदस्यलाई मनोनीत गरिएको छ।
सभामुख डीपी अर्यालले सोमबार बसेको प्रतिनिधि सभा बैठकमा उक्त निर्णय सार्वजनिक गर्दै आवश्यक व्यवस्था अनुसार सदस्यहरूको नाम मनोनीत गरिएको जानकारी दिएका हुन्।
मनोनीत सदस्यहरूमा कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बु, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा तथा यज्ञबहादुर बोगटी रहेका छन्।
सभामुख तथा उपसभामुख दुवैको अनुपस्थितिमा संसदीय गतिविधि निरन्तर सञ्चालन गर्न संस्थागत व्यवस्थापनका रूपमा उक्त टोलीलाई जिम्मेवारी दिइएको जनाइएको छ।







