२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रम मन्त्रालयमा चालक पदमा नियुक्त व्यक्ति अपहरण तथा दुर्व्यवहार आरोपमा पक्राउ

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सवारी चालक पदमा नियुक्त भएका एक व्यक्ति अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सप्तरीको महादेवा गाउँपालिका-१ स्थायी घर भई हाल राजविराज नगरपालिका–३ मा बसोबास गर्दै आएका २७ वर्षीय मुस्तकिम मिँयालाई सोमबार नियन्त्रणमा लिइएको हो। उनीमाथि आरोपित घटनासम्बन्धी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

उनी २०८२ चैत २७ गते श्रम मन्त्रालयमा हलुका सवारी चालक पदमा नियुक्त भएका थिए। नियुक्तिपत्रमा उनको नाम ‘मो. मुस्तकिम’ उल्लेख भए पनि प्रहरी अभिलेखमा ‘मुस्तकिम मिँया’ नाम देखिएको छ।

यस विषयमा बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले ‘मो. मुस्तकिम’ र ‘मुस्तकिम मिँया’ एउटै व्यक्ति हुन् वा होइनन् भन्नेबारे यकिन गर्न अनुसन्धान जारी रहेको बताएका छन्।

प्रशासन विशेष स्रोतका अनुसार पक्राउ गरेका व्यक्ति र श्रम मन्त्रालयमा नियुक्त व्यक्ति एउटै हुन् ।

डिएसपी पुरीका अनुसार सप्तरी जिल्ला अदालत, राजविराजबाट सात दिनको म्याद अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

प्रहरीमा दर्ता भएको किटानी जाहेरीमा पीडितलाई एकान्त स्थानमा राखी डर-धम्की दिने, कुटपिट गर्ने तथा कपडा खोल्न लगाई भिडियो खिच्ने कार्य गरिएको आरोप उल्लेख गरिएको छ।

प्रहरीका अनुसार खोजतलासका क्रममा उनलाई राजविराज नगरपालिका-८ क्षेत्रबाट पक्राउ गरिएको हो।

0 Comments