२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुष्पप्रसाद सिटौला निर्वाचित

अ+ अ-

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्व चयनअन्तर्गत अध्यक्ष पदमा पुष्पप्रसाद सिटौला निर्वाचित भएका छन्।

निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार सिटौलाले ९०३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी हरिशरण केसी ले ४६४ मत प्राप्त गरेका थिए। दुवैबीच ४३९ मतको अन्तर रहेको छ।

नवनिर्वाचित अध्यक्ष सिटौला यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष पदमा कार्यरत थिए।

मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षका तीन पदमा सानुकाजी प्रजापति, एनकुमार साई र केदारप्रसाद पौडेल निर्वाचित भएका छन्।

त्यस्तै उपाध्यक्ष पदमा चन्द्र ओझा, आत्माराम शर्मा, टेकराज पन्त, कमलराज मित्र, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी विजयी भएका छन्।

मालवाहक उपाध्यक्षमा यादवलाल श्रेष्ठ निर्वाचित भएका छन् भने महासचिव पदमा धनञ्जय गौतम विजयी भएका छन्।

यस्तै उपमहासचिवमा देवेन्द्र श्रेष्ठ, भानुभक्त बराल र प्रदीपसिंह खड्का निर्वाचित भएका छन्। सचिव पदमा उमेश केसी, चेतप्रसाद गौतम ‘अर्जुन’ तथा टंकप्रसाद ज्ञवाली विजयी भएका छन्।

कोषाध्यक्षमा राजेश आचार्य तथा सह-कोषाध्यक्षमा शोभाशंकर पौडेल निर्वाचित भएका छन्।

निर्वाचनपछि अध्यक्ष सिटौलाले सार्वजनिक यातायात क्षेत्रलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन नीतिगत तहबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनले सार्वजनिक यातायातमा जीपीएस तथा इ-टिकेटिङ प्रणाली लागू गर्ने योजना अघि बढाइने बताएका छन्।

बीमा प्रणालीलाई व्यवस्थित गर्दै यातायात व्यवसायीहरूको हित संरक्षणका विषयमा पनि महासंघले सक्रिय रूपमा पहल गर्ने उनको भनाइ छ।

0 Comments