२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा पाँच लाख ३० हजार राजस्व संकलन

अ+ अ-

टेक्सस (अमेरिका) । संयुक्तराज्य अमेरिकाको टेक्सस राज्यस्थित नेपाली महावाणिज्यदूतावास, ड्यालसले सेवा सञ्चालन गरेको करिब सात महिनामा पाँच लाखभन्दा बढी अमेरिकी डलर राजस्व संकलन गरेको छ ।

गत असोजमा औपचारिक सेवा प्रारम्भ गरेको सो महावाणिज्यदूतावासले तोकिएको प्राप्त जिम्मेवारी पूरा गर्ने क्रममा पाँच लाख ३० हजार ५०३ अमेरिकी डलर राजस्व संकलन गरेको हो ।

उपमहावाणिज्यदूत धना जोशीका अनुसार महावाणिज्यदूतावासले राहदानी सेवा प्रदान, एकतर्फी यात्रा अनुमतिपत्र व्यवस्था, अधिकृत वारेसनामा प्रमाणीकरण, मृतकको शव नेपाल पठाउन सहजीकरण, नेपाली नागरिकता परित्याग, ‘एनआरएन आइडी कार्ड’ तथा नेपाली ‘भिसा’ जारी गर्नेलगायतका सेवा प्रदान गर्दै आएको छ ।

महावाणिज्यदूतावासले तीन  हजार ८१ वटा राहदानी आवेदन प्रशोधन र दुई हजार ६४८ वटा नयाँ राहदानी वितरण गरेको जनाएको छ ।  यसैगरी ८२ वटा एकतर्फी यात्रा अनुमतिपत्र, १३८ वटा अधिकृत वारेसनामा प्रमाणीकरण गरिएको छ ।  

सेवा सञ्चालन भएको सात महिनामा दुई जनाको शव नेपाल पठाउन सहजीकरण, २४ वटा नेपाली नागरिकता परित्याग तथा ‘एनआरएन आइडी कार्ड’ जारी, ४३ वटा नेपाली भिसा वितरण, विभिन्न प्रकृतिका ३६ वटा कागजात प्रमाणीकरण र दुई वटा राहदानी तथा कन्सुलर शिविर सञ्चालन गरिएको महावाणिज्यदूतावासले स्पष्ट गरेको छ ।

ड्यालसस्थित सो कार्यालयले टेक्सससहित ओक्लाहोमा, अर्कान्सास, लुइजियाना, न्यू मेक्सिको, कोलोराडो, कान्सास र मिसिसिपी गरी आठ राज्यमा रहेका नेपाली समुदाय तथा स्थानीय एवं विदेशी नागरिकलाई सेवा दिँदै आएको जनाएको छ । सहज र पायक पर्ने भएकाले अन्य राज्यमा बसोबास गर्ने नेपालीहरूले  ड्यालसबाट सेवा लिने गरेका छन् ।

कन्सुलर सेवासँगै नेपाल प्रवर्द्धन, आर्थिक कूटनीति, पर्यटन प्रवर्द्धन, निर्यात व्यापार, प्रविधि प्रवर्द्धन तथा नेपाली नागरिकको संरक्षण र सहजीकरणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइएको उपमहावाणिज्यदूत जोशीले जानकारी दिए।

नेपाली समाज टेक्ससका अध्यक्ष विजय भुसालका अनुसार सो कार्यालयले औपचारिक कार्यालय समयबाहेक आवश्यकताअनुसार सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रदान गर्दै आएकाले प्रवासी नेपालीहरू प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।

यसअघि ड्यालस तथा आसपासका राज्यमा बसोबास गर्ने नेपालीले दूतावाससँग सम्बन्धित आवश्यक सेवा लिन वासिङ्टन डिसीस्थित नेपाली दूतावास पुग्नुपर्ने बाध्यता अन्त्य भएको र यसबाट समयको बचत हुनुका साथ हवाई यातायात, खाना तथा बसोबासमा कम्तीमा दुई हजार डलर खर्च हुने गरेको अध्यक्ष भुसालले बताए ।

ड्यालसस्थित नेपाली समुदायले महावाणिज्यदूतावासबाट प्राप्त हुने सेवालाई क्रमशः थप प्रभावकारी बनाउन र सेवाग्राहीको दायरा विस्तार गर्न सुझाव दिएका छन् ।

0 Comments