२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद पुनद्वारा नवप्रवर्तन मन्त्रालय गठन गर्ने निर्णयको स्वागत, अनुसन्धानलाई प्राथमिकता दिन आग्रह

अ+ अ-

काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गर्ने निर्णयलाई सकारात्मक कदम भएको बताएका छन् । उनले मन्त्रालयको नाममा ‘अनुसन्धान’ शब्द समेत समावेश गर्न सुझाव दिएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पुनले अनुसन्धानबिनाको प्रविधि र विकास प्रभावकारी हुन नसक्ने उल्लेख गर्दै प्रस्तावित मन्त्रालयलाई ‘विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय’ नाम दिनुपर्ने धारणा राखे ।

उनले अनुसन्धान तथा विकास क्षेत्रमा पर्याप्त बजेट विनियोजन आवश्यक रहेको उल्लेख गर्दै कुल पुँजीगत खर्चको कम्तीमा १ प्रतिशत रकम यस क्षेत्रमा छुट्याउनुपर्ने माग गरे । नेपालको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै जीडीपीको १ प्रतिशत लगानी तत्काल सम्भव नभए पनि पुँजीगत बजेटबाट सुरुआत गर्न सकिने उनको भनाइ थियो ।

सांसद पुनले शिक्षा क्षेत्रका समस्यातर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन् । २०५६ सालयता शिक्षकको स्थायी दरबन्दी नबढाइएका कारण करिब ४५ हजार राहत शिक्षक अन्योलमा रहेको उल्लेख गर्दै उनीहरूलाई स्थायी प्रक्रियामा समेट्नुपर्ने आवश्यकता औँल्याए ।

उनले मधेश प्रदेशका आठवटै जिल्ला अझै पूर्ण साक्षर घोषणा हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै शिक्षा सुधारका लागि विशेष योजना ल्याउन सरकारसँग आग्रह गरे ।

प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठितसँग यस्ता विषय पनि जोडिने उल्लेख गर्दै पुनले शिक्षा, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा पर्याप्त ध्यान नदिँदा अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जान सक्ने चेतावनी दिएका छन् ।

0 Comments