२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘करेन्ट’ ब्रान्डको चाउचाउ बजारबाट फिर्ता गर्न र बिक्री वितरण नगर्न आदेश

अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै ‘करेन्ट’ ब्रान्डको चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ ।

विभागले शुक्रबार सूचना जारी गर्दै बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा उक्त उत्पादनमा एसिड भ्यालु नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्डअनुसार नपाइएको जनाएको हो ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३६(२) बमोजिम विभागले उक्त खाद्य पदार्थ तत्काल बजारबाट फिर्ता (रिकल) गर्न तथा सोही दफाको उपदफा (५) अनुसार बिक्री वितरण नगर्न तथा नगराउन सम्बन्धित उत्पादकलाई आदेश दिएको जनाएको छ ।

विभागका अनुसार फिर्ता गर्न आदेश दिइएको उत्पादन ‘करेन्ट’ ब्रान्डको १०० ग्राम चाउचाउ हो । उक्त उत्पादनको ब्याच नम्बर ०४ए रहेको छ । उत्पादन मिति २०८१ असार ३ गते र उपभोग मिति १२ महिना उल्लेख गरिएको छ ।

उक्त उत्पादन यशोदा फुड्स प्रा.लि., वडा नं. १५, रुपन्देहीद्वारा उत्पादन गरिएको विभागले जनाएको छ ।

त्यसैगरी यशोधा फुड्सकै लाली चाउचाउ र एसियन विस्कुट एण्ड कन्फेक्सनरीको ज्याकनेक क्र्याकर्स विस्कुट पनि फिर्ता गर्न आदेश भएको छ ।

विभागले महानिर्देशकको निर्देशनअनुसार सम्बन्धित उत्पादकलाई आदेश जारी गरिएको उल्लेख गरेको छ । तर, विभागमा हाल महानिर्देशक पद रिक्त रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले सोमकान्त रिजाललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी छन् ।

0 Comments