२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तातोपानी नाकाबाट ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ

अ+ अ-

काठमाडौँ । नेपाल-चीनबीचको उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानीबाट करिब ५६ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको अवैध भेपसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नाकाको सीमावर्ती क्षेत्रस्थित भोटेकोसी गाउँपालिका-३ गंजेखोलाबाट प्रहरीले सो परिमाणमा भेपसहित शुक्रबार राति करिब ९:३० बजे उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा भोटेकोसी गाउँपालिका–४ का ३५ वर्षीय गणेश खड्का, ४६ वर्षीय हिमाल खड्का, २४ वर्षीय विकास विक, ४८ वर्षीय रामबहादुर विक, १७ वर्षीय विशाल विक, ३७ वर्षीय मङ्गलबहादुर थामी र बाह्रबिसे नगरपालिका–५ का ४२ वर्षीय कान्छा तामाङ रहेका छन् ।

प्रहरीले १,६२० थान भेप बरामद गरेको छ । बरामद भेपको धनीको पहिचान गर्न थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ ।

बरामद सामान तातोपानी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको र पक्राउ परेकामाथि अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

0 Comments