२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपा-लोसपा एकीकरणमा हृदयेश त्रिपाठीका दुई वैचारिक असहमति सार्वजनिक

अ+ अ-

काठमाडौँ। हृदयेश त्रिपाठीले जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीचको एकीकरण प्रक्रियाप्रति दुई बुँदामा वैचारिक असहमति प्रकट गरेका छन्।

उनका अनुसार आफू प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली तथा पूर्ण समानुपातिक निर्वाचन प्रणाली दुवै व्यवस्थाको पक्षमा नरहेको स्पष्ट पारेका छन्। त्रिपाठीले नेपालजस्तो बहुजातीय र विविध सामाजिक संरचना भएको मुलुकका लागि हालको संसदीय शासन प्रणाली र मिश्रित निर्वाचन प्रणाली उपयुक्त हुने धारणा राखेका छन्।

सामाजिक सञ्जालमार्फत व्यक्त विचारमा उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अवधारणा कम्युनिस्ट राजनीतिक वृत्तबाट आएको विचार भएको उल्लेख गर्दै त्यसले अल्पसंख्यक समुदायका लागि प्रतिकूल प्रभाव पार्न सक्ने दाबी गरेका छन्। त्यस्तै, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा सहमत हुन नसकिने उनले स्पष्ट पारेका छन्। सैद्धान्तिक आधार प्रष्ट नभई गरिएको एकता दीर्घकालीन रूपमा हानिकारक हुन सक्ने उनको भनाइ छ।

यसैबीच, गत मंसिर २४ गते जनता प्रगतिशील पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच एकीकरण सम्पन्न भएको थियो। पछि पुस महिनामा लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी, नेपालबीच अर्को चरणको एकीकरण भएको र सो प्रक्रियालाई निर्वाचन आयोगले औपचारिक मान्यता दिएको बताइएको छ।

त्रिपाठीले आफ्नो नेतृत्वको जनता प्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीको पहलपछि पहिलो एकीकरण भएको र त्यसपछि मात्र थप दलहरूबीच एकता प्रक्रिया अघि बढेको दाबी गरेका छन्। तर पछिल्लो एकीकरण प्रक्रियामा आफू नेतृत्वको समूहलाई जानकारी नदिइएको उनको आरोप छ, जसका कारण तराई मधेश लोकतान्त्रिक पार्टी पछि अलग भएको उल्लेख छ।

गत फागुन २१ मा भएको निर्वाचनमा उनी जनता समाजवादी पार्टी, नेपाल कै चुनाव चिह्न प्रयोग गरी नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)-१ बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले ७ हजार ८२३ मत प्राप्त गरेका थिए।

निर्वाचन आयोगबाट प्राप्त आधिकारिक मान्यतालाई भने उनले सकारात्मक विकासका रूपमा स्वीकार गरेको उल्लेख गरिएको छ।

0 Comments