१२ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमण हुँदा एक नेपालीको मृत्यु

अ अ+ अ-

काठमाडौँ । साउदी अरबको जजान क्षेत्रमा रहेको पेट्रोलियम प्रशोधन केन्द्रमा भएको आक्रमणमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ ।

आक्रमणमा विभिन्न देशका अन्य केही नागरिक घाइते भएका छन् । साउदी अरबको ऊर्जा मन्त्रालयले बिहीवार सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै प्रशोधन केन्द्रलाई लक्षित गरी हवाई आक्रमण भएको जनाएको हो । मन्त्रालयकाअनुसार आक्रमणमा प्रयोग भएको हवाई प्रक्षेप्य प्रशोधन केन्द्रमा खसेपछि आगलागी भएको थियो ।

आगलागी नियन्त्रणमा लिइए पनि सुरक्षाका कारण केन्द्रका केही गतिविधि अस्थायी रूपमा बन्द गरिएको छ ।

घाइतेहरूको अवस्था फरक–फरक रहेको र उनीहरूलाई उपचारका लागि स्वास्थ्य संस्थामा लगिएको मन्त्रालयले जनाएको छ । यसैबीच, यमनको हुथी समूहले पछिल्लो ४८ घण्टामा साउदी अरबले गरेको हवाई आक्रमणमा १९ जनाको मृत्यु भएको र २५ जना घाइते भएको दाबी गरेको छ । हुथी समूहद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनले स्थानीय स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै मृतकमा महिला तथा बालबालिका पनि रहेको जनाएको छ ।
े
घाइतेमध्ये छ बालबालिका र पाँच महिला रहेको समाचारमा उल्लेख छ । उक्त टेलिभिजनका अनुसार यमनको लालसागर तटीय क्षेत्र होदेदाहस्थित ढल प्रशोधन केन्द्र तथा अन्य स्थान, उत्तरपश्चिमी प्रान्त हज्जाहमा कृषि उपकरण र उत्तरी सीमावर्ती प्रान्त सादाका बस्तीहरूलाई लक्षित गरी आक्रमण गरिएको थियो । यद्यपि, हुथी समूहले सार्वजनिक गरेको हताहतीको विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

बिहीवार सिन्ह्वासँग कुरा गर्दै स्थानीय बासिन्दाहरूले यमनका विभिन्न क्षेत्रमा हवाई आक्रमण भएको पुष्टि गरेका छन् । विशेषगरी राजधानी साना र होदेदाहमा व्यापक बमबारी भएको उनीहरूको भनाइ छ ।

यमनको हुथी समूह र साउदी अरब नेतृत्वको गठबन्धन समर्थित सरकारी सेनाबीच तनाव बढिरहेका बेला पछिल्ला आक्रमणका घटना भएका हुन् । केही दिनयता हुथी समूहले साउदी अरबका विमानस्थल, बन्दरगाह तथा ऊर्जा केन्द्रहरूलाई लक्षित गरी पटक–पटक आक्रमण गरेको दाबी गर्दै आएको छ । त्यसको जवाफमा साउदी अरबले यमनका विभिन्न क्षेत्रमा हवाई आक्रमण तिब्र बनाएको हुथी सञ्चारमाध्यमले जनाएका छन् ।

0 Comments