काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३८ को उपधारा (१) बमोजिम पार्टीका केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा गठित केन्द्रीय लेखा समितिमा आज तीन सदस्य मनोनयन गरेका हुन् ।
सभापति थापाले विषय विज्ञताका आधारमा दिलीप ढुंगाना (धनुषा), रमेश नेपाल (भक्तपुर) र पदम भट्टराई (गुल्मी)लाई सदस्यमा मनोनयन गरेको काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।







