२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विजयपुर खोला किनारमा तरबुजा खेती, भनेजस्तै आम्दानी

अ+ अ-

गण्डकी । पोखरा महानगरपालिका-१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले फल लागेको छ । लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे जमिनमा पोखरा-२२ पुम्दीभुम्दीका ३२ वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजाखेती सुरु गरेका थिए ।

उनले फागुनमा सरस्वती जातका तीन हजार ५०० बिरुवा लगाएका थिए । अहिले औसतमा दैनिक २०० केजी तरबुजा बिक्री गरिरहेका छन् । उनका अनुसार प्रतिकेजी रु ६० का दरले दैनिक रु १२ हजारको कारोबार भइरहेको छ । बरालका अनुसार यस वर्ष रु १५ लाख बराबरको कारोबार गर्ने लक्ष्य छ । “तरबुजाको बजारका लागि चिन्ता लिनुपर्दैन, व्यवसायीहरू बारीमै लिन आइपुग्नुहुन्छ”, उनले भने ।

उनका अनुसार पहिलो वर्ष परीक्षणका रूपमा दुई रोपनीमा लगाएको राम्रो उत्पादन भएपछि खेती विस्तार गरिएको हो । वर्षमा एक बाली धानखेती मात्र हुने र बाँकी समयमा बाँझै रहने खेतमा छोटो समयमा राम्रो आम्दानी लिन सकिने नगदे बाली तरबुजाखेती गरेको उनले बताए ।

किसान भरतबहादुर पराजुलीले पनि सोही स्थानमा ११ रोपनी जग्गामा तरबुजाखेती गरेका छन् । उनका अनुसार फागुन अन्तिम साता सारेका बेर्नाले अहिले उत्पादन दिन थालेका छन् । उनले भने, “यस वर्ष रु तीन लाखभन्दा बढी आम्दानी हुने विश्वास छ । बारीमा काक्रो, सिमीलगायतका तरकारी पनि उत्पादन भइरहेको छ ।”

उनका अनुसार पोखरा महानगरपालिका कृषि महाशाखाले बीउ र ‘मल्चिङ’ प्लाष्टिक ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ । बिरुवा फष्टाउँदै गर्दा चैत १७ गते र फूल खेल्दै गर्दा गत वैशाख १० गते परेको असिनासहितको पानीले केही क्षति गरेको उल्लेख गर्दै किसान पराजुलीले भने, “अहिले बाँदरले खाने र मानिसले चोरी गरेर लैजाने समस्या पनि थपिएको छ ।”
तरबुजाखेतीका लागि बलौटे माटो र बढी तापक्रमको आवश्यकता पर्ने उनको भनाइ छ । पोखरा महानगरपालिका–१३ का अध्यक्ष किरण बरालका अनुसार दुई वर्षअघि माटो परीक्षण गरी सुरु गरिएको तरबुजाखेतीमा यतिबेला युवा पनि आकर्षित भएका छन् ।

यस क्षेत्रमा अघिल्लो वर्ष रु एक करोड ५० लाखको तरबुजा उत्पादन भएको थियो भने यस वर्ष भने असिना र पानीको कारण क्षति पुगेकाले केही कमी आउने उनको भनाइ छ । यस क्षेत्रमा २५ जना किसान व्यावसायिकरुपमा तरबुजाखेतीमा सक्रिय छन् ।

पोखरा महानगर, कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार महाशाखाले कृषकलाई कृषिप्रति प्रेरित गर्नका लागि विभिन्न सहुलियत प्रदान गर्दै आएको छ । तरबुजाखेतीका लागि पनि बीउ, मल्चिङ प्लाष्टिक, असिना छेक्ने जाली र प्राङ्गारिक मलमा ५० प्रतिशत अनुदान प्रदान गर्दै आएको छ ।

दोस्रो तरबुजा मेला
तरबुजा र खरबुजा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले यही जेठ ५ गते पोखरा महानगरपालिका–१३ को वडा कार्यालय परिसरमा तरबुजा मेला आयोजना गर्न लागिएको छ । मेलामा किसानलाई सम्मान गरिने कृषि सञ्जाल पोखरा–१३ अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

मेलाको सम्पूर्ण तयारी पूरा भएको बताउँदै मेलामा विभिन्न प्रतियोगिता गरिने बताए। गर्मी बढेसँगै पोखरा बजारमा पर्यटकीय चाप बढेको र तरबुजाको माग बढेको छ ।

0 Comments