काठमाडौँ । प्रधान न्यायाधीश पदका लागि सिफारिस भएका व्यक्तिको संसदीय सुनुवाइ प्रक्रिया भोलि नै अघि बढ्ने भएको छ। प्रधान न्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्माविरुद्ध हालसम्म १६ वटा उजुरी दर्ता भएका छन्।
गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले उजुरीका लागि १० दिनको समय तोक्दै आह्वान गरेको थियो।निर्धारित समय सीमाभित्र प्राप्त भएका उजुरीहरूलाई खोल्ने तयारी स्वरूप बिहान ८ बजे समितिको बैठक बोलाइएको छ।
संसदीय सुनुवाइ समितिका अनुसार उजुरीहरू खोलिएपछि ती विवरण सांसदहरूलाई वितरण गरिनेछ, जसका आधारमा आगामी सुनुवाइ प्रक्रिया अघि बढाइनेछ।







