काठमाडौँ । सरकारले स्विट्जरल्यान्ड र चीन सरकारबाट प्राप्त हुने विभिन्न अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
त्यस्तै, अरनिको राजमार्गको मर्मत तथा सुधार कार्यका लागि चीन सरकारले उपलब्ध गराउने ७९.३६ मिलियन आरएमबी बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको उनले बताए ।







