२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक’ : राष्ट्रपति पौडेल

अ+ अ-

सुनसरी । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक र गहन भएको बताएका छन् । 

सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल समुद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले जनताका न्यूनतम आधारभूत आवश्यकता, तथा जनचाहना अनुरूप विकासका कार्यलाई तीव्रता दिएर संघीय  लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्श अनुरूपका कार्यहरू सबल बनाउनुपर्नेमा जोड दिए । 

राष्ट्रपति पौडेलले भने, “शान्ति, विकास र सुशासनको माध्यमबाट नै जनताको हित र चाहनासँगै संविधान र शासनप्रणालीले राखेको उद्देश्य पूरा हुन्छ । यसतर्फ तपाईँहरूले विशेष ध्यान दिनुहुनेछ भन्ने मैले आशा राखेको छु ।”

राष्ट्रपति पौडेलले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै जनअपेक्षा अनुरूप सेवा प्रवाह गर्नु, सुविधा उपलब्ध गराउनु तथा विकासका कार्यहरू सञ्चालन गर्नु स्थानीय सरकारको महत्त्वपूर्ण दायित्व भएको बताए। उनले भने, “यसै सन्दर्भमा यो ग्रामीण क्षेत्रमा यस्तो आधुनिक तथा बहुउपयोगी सिटी हलको निर्माण हुनु निकै सराहनीय छ । यो परियोजना विकासमा तीनै तहको सरकारबीच हुने सहकार्यको राम्रो उदाहरण पनि हो ।”

सप्तकोशी नदीको किनारमा रहको कोशी गाउँपालिका ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले पनि महत्त्वपूर्ण ठाउँ भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सप्तकोशी नदीको कुशाहाघाटमा प्रजातन्त्र प्राप्तिका लागि क्रान्ति भएकाले यो ठाउँको सम्बन्ध प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको स्मरण गरे । 

उनले भने, “सप्तकोशी समिपमा महत्त्वपूर्ण धार्मिकस्थलहरू बराहक्षेत्रधाम, रामधुनी, पिण्डेश्वर, दन्तकाली तथा बुढासुब्बा मन्दिर छन् । तसर्थ यस क्षेत्रको भ्रमणबाट मलाई मनोरम अनुभूति पनि भएको छ । ऐतिहासिक, भौगोलिक तथा धार्मिक दृष्टिकोणले पनि महत्त्वपूर्ण यो ठाउँ पर्यटन विकासको प्रचुर सम्भावना भएको ठाउँ भएकाले यसलाई त्यही रूपमा विकास गर्न म सम्बद्ध सबै पक्षसँग आग्रह गर्दछु ।”

राष्ट्रपति पौडेलले २०६५ सालमा कोशी बाँध फुट्दा बस्ती नै विस्थापित भएको यस ठाउँमा बस्ती पुन:स्थापित भएको र विकासका गतिविधिहरू तीव्र रूपमा सञ्चालन भएको देख्दा आफूलाई खुशी लागेको बताए। तीनै तहको सरकारको हातेमालोबाट यस बाढीपीडित जोखिमयुक्त क्षेत्रमा विपद् व्यवस्थापनका पूर्व तयारीको पर्याप्त व्यवस्था गर्न ध्यान पुर्‍याउने अपेक्षा आफूले राखेको उनको भनाइ छ ।  

0 Comments