२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुस-चीन ग्यास वार्ता अलपत्र

अ+ अ-

काठमाडौँ । रुस र चीनबीच बहुचर्चित ‘पावर अफ साइबेरिया–२’ प्राकृतिक ग्यास पाइपलाइन परियोजनामा केही प्राविधिक प्रगति भए पनि अन्तिम सम्झौतामा पुग्न नसकेको क्रेमलिनले जनाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भएको उच्चस्तरीय वार्तापछि पनि अर्बौँ डलरको उक्त ऊर्जा परियोजना निष्कर्षविहीन बनेको हो ।

सन् २०२२ मा युक्रेनमाथि आक्रमणपछि पश्चिमी देशहरूको प्रतिबन्धका कारण आर्थिक रूपमा चीनमाथि निर्भरता बढाएको रुसले लामो समयदेखि यो ग्यास पाइपलाइन अघि बढाउन दबाब दिँदै आएको छ । तर चीनले भने परियोजनाप्रति सावधानीपूर्ण र सीमित रुचि मात्र देखाउँदै आएको विश्लेषण गरिएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै रुसी राज्य सञ्चारमाध्यमले जनाएअनुसार दुवै पक्षबीच पाइपलाइनको मार्ग र निर्माण प्रक्रियाबारे ‘आधारभूत समझदारी’ बनेको छ । यद्यपि स्पष्ट समयसीमा तय नभएको र केही प्राविधिक तथा व्यावसायिक विषयमा अझै छलफल बाँकी रहेको उहाँले बताउनुभएको छ ।

पुटिन–सी वार्तापछि सार्वजनिक गरिएको सम्झौताहरूको सूचीमा भने उक्त ग्यास पाइपलाइन परियोजनाको औपचारिक उल्लेख गरिएको छैन, जसले परियोजनाको तत्काल भविष्यबारे अनिश्चितता कायम रहेको सङ्केत गरेको छ ।

यो प्रस्तावित पाइपलाइनले वार्षिक करिब ५० अर्ब घनमिटर ग्यास चीनतर्फ आपूर्ति गर्ने लक्ष्य राखिएको छ । रुसका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको यो परियोजनाले युरोपतर्फ घटेको ऊर्जा निर्यातको विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

प्रस्तावित मार्गअनुसार पाइपलाइन उत्तरी साइबेरियाको यमाल प्रायद्वीपबाट सुरु भई मङ्गोलिया हुँदै चीनसम्म करिब दुई हजार ६०० किलोमिटर (एक हजार ६०० माइल) दूरी तय गर्नेछ ।

विश्लेषकहरूका अनुसार रुसले मध्यपूर्व सङ्कट र ऊर्जा बजारको अस्थिरतालाई अवसरका रूपमा प्रयोग गर्दै यो परियोजनामा प्रगति गराउने प्रयास गरेको हो । तर चीनले भने ऊर्जा स्रोत विविधीकरण र मूल्य–सुरक्षासम्बन्धी कारण देखाउँदै यसप्रति अपेक्षाकृत कम उत्साह देखाएको बताइएको छ ।

0 Comments