२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन थप श्रम सम्झौता गर्नुपर्नेमा सचिव काफ्लेको जोड

अ+ अ-

काठमाडौँ। वैदेशिक रोजगार प्रणालीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यसहित सरकारले आगामी बजेटमार्फत नयाँ श्रम सम्झौता विस्तारलाई प्राथमिक प्राथमिकतामा राख्ने तयारी गरेको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव दीपक काफ्लेले प्रतिनिधि सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको छलफलका क्रममा वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्ने योजना अघि सारिएको जानकारी दिएका छन्।

उनका अनुसार द्विपक्षीय श्रम सम्झौता विस्तारमार्फत गन्तव्य मुलुकमा नेपाली श्रमिकको सुरक्षा सुनिश्चित गर्ने विषयलाई बजेट निर्माण प्रक्रियामा विशेष ध्यान दिइएको छ।

हाल नेपाली श्रमिकहरू विश्वका १७८ देशमा कार्यरत रहेको उल्लेख गर्दै उनले अहिलेसम्म १३ देशसँग श्रम सम्झौता सम्पन्न भइसकेको जानकारी दिए। साथै, थप १६ मुलुकसँग सम्झौता प्रस्ताव पठाइसकिएको र प्रक्रिया अघि बढिरहेको पनि उनले बताए।

उनले निकट भविष्यमा इजरायल र ओमान सँग श्रम सम्झौता टुंगिने चरणमा पुगेको संकेत गर्दै अन्य देशहरूसँग पनि समान प्रकारका सम्झौता विस्तार गर्ने योजना रहेको स्पष्ट पारे।

सचिव काफ्लेले वैदेशिक रोजगारलाई केवल आयआर्जनको माध्यमका रूपमा मात्र नभई जीवनयापन, सामाजिक स्थिरता तथा व्यक्तिगत मानसिक सन्तुलनसँग जोडिएको बहुआयामिक विषयका रूपमा सरकारले लिएको दृष्टिकोणसमेत प्रस्तुत गरे।

0 Comments