२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम र लुम्बिनीका तराई तथा पहाडी क्षेत्रमा तापक्रम वृद्धि हुने सम्भावना

अ+ अ-

काठमाडौँ। मुलुकका केही प्रदेशमा मौसम आंशिक बदली र कतिपय स्थानमा वर्षा भइरहेका बेला आगामी दुई दिनमा विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागमा तापक्रम बढ्ने सम्भावना रहेको मौसमविद्ले अनुमान गरेका छन्।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदलीको अवस्था देखिएको छ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल छ।

महाशाखाले दिएको जानकारी अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम स्तरको वर्षा भइरहेको छ।

भोलि बिहीबार र पर्सी शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली कायम रहने अनुमान गरिएको छ। त्यस्तै मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ।

बाँकी तराई क्षेत्रहरूमा मौसम प्रायः सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसबिच, आगामी दुई दिन सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागमा तापक्रम क्रमशः वृद्धि हुन सक्ने पूर्वानुमान समेत गरिएको छ।

0 Comments