२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेमा निर्वाचन समीक्षा कार्यदल गठनको प्रस्ताव

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले निर्वाचन परिणामको समीक्षा गर्न वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा (बादल)को संयोजकत्वमा कार्यदल गठन गर्ने प्रस्ताव अघि बढाएको छ।

पार्टी सचिवालयको हालै बसेको बैठकमा थापालाई निर्वाचन समीक्षा कार्यको नेतृत्व दिने प्रस्ताव प्रस्तुत गरिएको जनाइएको छ। निर्वाचन सम्पन्न भएको करिब दुई महिना बितिसक्दा पनि केन्द्रीय तहमा विस्तृत समीक्षा प्रक्रिया टुंगिएको छैन।

एमालेका विभिन्न निर्वाचन क्षेत्र, जिल्ला तथा प्रदेश कमिटीबाट समीक्षासम्बन्धी प्रतिवेदन प्राप्त भए पनि सचिवालयस्तरमा त्यसबारे औपचारिक छलफल हुन बाँकी रहेको बताइएको छ।

प्रस्तावित कार्यदलमा उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, सचिव छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, प्रदीप ज्ञवाली तथा सातै प्रदेशका इन्चार्जहरू सदस्य रहने प्रस्ताव गरिएको छ।

पार्टीले पछिल्लो आम निर्वाचनको नतिजालाई अपेक्षाअनुसार नभएको निष्कर्षसहित समीक्षा प्रक्रिया अघि बढाएको जनाएको छ। यसका लागि वडा तहदेखि नै प्रतिवेदन संकलन र विश्लेषण गर्न मातहतका कमिटीहरूलाई भर्चुअल माध्यमबाट निर्देशन दिइएको बताइएको छ।

निर्वाचन समीक्षा प्रक्रियाअन्तर्गत केन्द्रीय निर्वाचन परिचालन समितिले प्रश्नावली तयार गरी अनलाइनमार्फत सुझाव संकलन गर्नुका साथै सामाजिक सञ्जालबाट समेत खुला प्रतिक्रिया मागेको थियो। समितिले आफ्नो प्रारम्भिक प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाइसकेको जानकारी पार्टी स्रोतले दिएको छ।

0 Comments