काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संविधान विपरीत कार्य गर्ने व्यक्तिलाई जनताले प्रतिनिधिका रूपमा स्वीकार नगर्ने बताएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहप्रति सदनप्रति जवाफदेही नभएको आरोप उठिरहेका सन्दर्भमा उनले विधिको शासन सबैले समान रूपमा पालना गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।
दुलालले विशेष गरी प्रधानमन्त्री शाहका समर्थकलाई लक्षित गर्दै अन्धसमर्थनले अन्ततः निराशा निम्त्याउने टिप्पणी गरेका छन्। उनका अनुसार आलोचनालाई स्वीकार गर्ने संस्कार लोकतान्त्रिक अभ्यासको आधार हो।
उनले सामाजिक सञ्जालमार्फत व्यक्त धारणा उद्धृत गर्दै भनेका छन्, “अन्धभक्त हुन सजिलो हुन्छ, तर सत्य बोल्दै आलोचना सामना गर्नु चुनौतीपूर्ण हुन्छ, जसका लागि साहस र आत्मविश्वास आवश्यक पर्छ। अन्धभक्तिको अन्तिम परिणाम निराशा हो भने रचनात्मक आलोचनाले आशा निर्माण गर्छ।”







