२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोजना बैंकमा ४ हजारभन्दा बढी परियोजना दर्ता, अर्थतन्त्रका विभिन्न सूचकमा सुधारको संकेत

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको हालसम्म राष्ट्रिय आयोजना बैंकमा दर्ता भएका परियोजनाको कुल संख्या ४ हजार ३९१ पुगेको छ। अर्थ मन्त्रालयका अनुसार तीमध्ये ३९० नयाँ परियोजना यस अवधिमा थपिएका हुन्।

प्राप्त विवरण अनुसार परियोजना दर्ताको क्रम विभिन्न मितिमा तीव्र रूपमा अघि बढेको देखिन्छ। गत आर्थिक वर्ष २०८१-८२ का ६ परियोजना दर्ता भएका छन् भने चैत २२ गते १२६, वैशाख १० गते १३०, वैशाख १५ गते ३१ र जेठ ४ गते मात्र १०३ परियोजना प्रणालीमा समावेश गरिएको छ।

हाल बैंकमा रहेका कुल आयोजनामध्ये ९२ वटा क्रमागत योजनामा परेका छन् भने ३ हजार ९०९ परियोजना अध्ययन चरणमा रहेको तथ्यांकले देखाएको छ।

यसैबीच, राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा पेस गरिएको विवरणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रका वर्तमान अवस्था र सम्भावनाबारे जानकारी दिएका छन्।

उनका अनुसार विद्युत् उत्पादन वृद्धि र पर्यटक आगमनमा सुधार देखिएको छ। बैंकिङ प्रणालीमा पर्याप्त निक्षेप तथा तरलता रहेको र विदेशी विनिमय सञ्चिति पनि सन्तोषजनक अवस्थामा रहेको उल्लेख गरिएको छ।

त्यसैगरी वन क्षेत्रको उत्पादकत्व वृद्धि भई काठ तथा गैरकाठजन्य वन उत्पादनको निर्यात करिब २० अर्ब रुपैयाँ बराबर पुगेको तथ्यसमेत प्रस्तुत गरिएको छ।

नेपाल कार्बन व्यापार बजारमा प्रवेश गरिसकेको र पहिलो चरणमा कार्बन बिक्रीबाट करिब ९।४ मिलियन अमेरिकी डलर बराबर रकम वन विकास कोषमा प्राप्त भएको पनि जानकारी दिइएको छ।

सिमेन्ट तथा जलविद्युत् उत्पादनमा कच्चा पदार्थको उपयोग विस्तार हुँदै आत्मनिर्भरता र निर्यात सम्भावना बढ्दै गएको तथा डिजिटल सुशासन र सूचना प्रविधि क्षेत्रमा युवा जनशक्तिका लागि रोजगारीका अवसर विस्तार हुने अवस्था सिर्जना भइरहेको मन्त्रालयको मूल्यांकन छ।

0 Comments