२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शनिबार-आइतबारसहित जेठमा १२ दिन सार्वजनिक बिदा, राजधानीमा भने सवारी चाप यथावत

अ+ अ-

जेठमा १२ दिन सार्वजनिक बिदा, चार दिन लगातार छुट्टी पनि । तर राजधानीका सडक किन अझै व्यस्त ?

काठमाडौँ । इन्धन खपत न्यूनीकरण गर्ने उद्देश्यले सरकारले शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेपछि जेठ महिनामा सार्वजनिक बिदाको संख्या १२ पुगेको छ । पर्व, राष्ट्रिय दिवस र साप्ताहिक बिदा जोडिँदा ३१ दिनको जेठ महिनामा बिदाको संख्या बढेको हो ।

गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनामा नेपाल राजपत्रमा प्रकाशित व्यवस्था अनुसार इस्लाम धर्मावलम्बीहरूको बकर ईदका दिन सार्वजनिक बिदा दिने प्रावधान रहेकाले जेठ १४ गते बिदा दिइएको उल्लेख गरिएको छ ।

यसपछि जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा परेको छ । त्यसलगत्तै जेठ १६ गते शनिबार र १७ गते आइतबार परेकाले जेठ १४ देखि १७ गतेसम्म लगातार चार दिन सार्वजनिक बिदा परेको छ ।

सरकारले इन्धन खपत घटाउने उद्देश्यसहित सरकारी कार्यालय तथा विद्यालयमा आइतबार पनि बिदा दिने व्यवस्था लागू गरेको छ । सोही व्यवस्थाअनुसार शनिबार-आइतबार साप्ताहिक बिदा कार्यान्वयन भइरहेको छ ।

तर राजधानी उपत्यकामा भने सार्वजनिक बिदाको प्रभाव सवारी चापमा अपेक्षाअनुसार देखिएको छैन । नयाँ बानेश्वर, कलंकी, चाबहिल, माइतीघर, गौशाला र जडिबुटीलगायत मुख्य क्षेत्रमा आइतबार बिहान पनि सवारी चाप उल्लेख्य रूपमा देखिएको छ ।

आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्मका अवधिमा ती क्षेत्रहरूमा नियमित कार्यदिवसजस्तै सवारी साधनको आवागमन देखिएको थियो ।

सरकारी कार्यालय र विद्यालय बन्द रहे पनि निजी क्षेत्रका धेरै संस्था तथा कम्पनीहरू नियमित सञ्चालनमा रहेकाले उपत्यकाको यातायात चाप अपेक्षाअनुसार घट्न नसकेको देखिएको छ ।

सरकारले इन्धन खपत नियन्त्रण, प्रशासनिक खर्च व्यवस्थापन तथा ऊर्जा बचतका उद्देश्यसहित दुई दिने साप्ताहिक बिदा लागू गरेको भए पनि त्यसको प्रभावकारिता र व्यवहारिक परिणामबारे भने बहस जारी छ । 

राजधानीको यातायात चाप र निजी क्षेत्रको कार्य सञ्चालनलाई हेर्दा सार्वजनिक बिदाले अपेक्षित रूपमा आवागमन घटाउन सकेको वा नसकेको विषय थप मूल्यांकनको विषय बनेको छ ।

0 Comments