काठमाडौँ । राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ पारित भएको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले उक्त विधेयक पारित गर्नका लागि पेश गरेका थिए ।
मन्त्री पौडेलले पेश गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ १३ गते बुधबार अपरान्ह १ बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको छ ।







