२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत 

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेश सभा बैठकमा उनले संविधानअनुसार विश्वासको मत लिएका हुन् ।

नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ अन्तर्गतको व्यवस्था अनुसार गरिएको मतदानमा मुख्यमन्त्री यादवको पक्षमा बहुमत पुगेको हो ।

सभामुख राम आशिष यादवका अनुसार बैठकमा उपस्थित १०० सांसदमध्ये ६२ जनाले विश्वासको मतको पक्षमा मतदान गरेका थिए भने ३६ मत विपक्षमा परेको थियो ।

हाल मधेस प्रदेश सभामा १०२ सदस्य कायम रहेका छन् । विभिन्न कारणले केही सदस्य निलम्बनमा रहेका तथा केहीले राजीनामा दिएका कारण प्रभावकारी सदस्य संख्या घटेको छ । सभामुखको मत गणनामा समावेश नहुने संवैधानिक व्यवस्थासमेत लागू भएको छ ।

मुख्यमन्त्री यादवको पक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का २४, नेपाली काँग्रेसका २२, नेपाल कम्युनिस्ट पार्टीका १४ तथा नेपाल संघीय समाजवादी पार्टीका एक सांसदले मतदान गरेका थिए ।

त्यसैगरी विपक्षमा जनता समाजवादी पार्टी, नेपाल का २५, जनमत पार्टी का १२, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा नागरिक उन्मुक्ति पार्टीका एक-एक सांसद उभिएका थिए ।

वैशाख २२ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेस सरकार अल्पमतमा परेको थियो । त्यसपछि जेठ १ गते विश्वासको मत लिने प्रयास सफल हुन सकेको थिएन । त्यतिबेला सत्ता गठबन्धनभित्र मत विभाजन हुने आशंका देखिएको थियो ।

बिहीबार राति एमाले सरकारमा सहभागी हुने सहमति भएपछि मधेस प्रदेशको राजनीतिक समीकरण परिवर्तन भएको हो । नयाँ गठबन्धनअनुसार एमाले, काँग्रेस र नेकपाको संयुक्त समर्थनमा सरकार कायम भएको छ ।

यसक्रममा मोहम्मद समीर एमालेको तर्फबाट विना विभागीय मन्त्रीका रूपमा सरकारमा सहभागी भइसकेका छन् ।

0 Comments