२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेका पाँच जनालाई घर घरमा राहदानी वितरण

अ+ अ-

नेपालगञ्ज । बाँकेमा हुलाक कार्यालयमार्फत तीन स्थानीय तहका पाँच जनालाई घरघरमा पुगेर राहदानी वितरण गरिएको छ । जिल्लाको खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिकामा अहिलेसम्म पाँच जना सेवाग्राहीलाई घरमा पुगेर राहदानी वितरण गरिएको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।

सरकारले सेवाग्राहीलाई घरमै राहदानी पुर्‍याउने नयाँ अभ्यास सुरु गरेपछि डुडुवा गाउँपालिकाका कमलकुमार वर्मा उत्साहित भयो । “पहिले राहदानी बनाउँदा सास्ती हुन्थ्यो । अहिले घरमै आउन थालेको छ । यसले सेवाग्राहीको समय र खर्च पनि बचत भएको छ”, उनले भने । पहिले राहदानी बनाउन करिब एक महिना समय लाग्ने गरेको भन्दै अहिले १५ दिनमा घर आइपुगेको उल्लेख गरे । राहदानी घरमा आइसकेकाले अब विदेश जाने तयारी सुरु गर्ने उनको भनाइ छ ।

जिल्ला हुलाक कार्यालयका प्रमुख एवं हुलाक अधिकृत गजेन्द्रप्रकाश थारुले केही सातायतादेखि जिल्लामा पाँच जना सेवाग्राहीलाई घरमा पुगेर राहदानी उपलब्ध गराइएको उल्लेख गर्दै अन्य केहीको राहदानी हुलाक कार्यालयमा आउनेवित्तिकै वितरण गरिने जानकारी दिए । उनले सुरुमा राहदानी प्राप्त गर्ने व्यक्तिको व्यक्तिगत विवरण समाविष्ट गरिने र सम्बन्धित व्यक्तिलाई जिल्ला प्रशासन कार्यालयमा कहाँबाट राहदानी बुझ्ने भनेर सोध्ने गरिएको बताए ।

सेवाग्राहीले राहदानी बनेपछि जहाँबाट प्राप्त गर्न चाहन्छन् सोहीअनुसार राहदानी वितरण गर्ने विधि रहेको हुलाक अधिकृत थारुले बताए । उनले दूरीअनुसार बढीमा दुई दिनमा स्थानीय प्रशासनबाट हुलाक कार्यालयमा राहदानी आउने बित्तिकै वितरण हुने उल्लेख गर्दै यो सेवा प्रभावकारी हुँदै गएको जानकारी दिए । उनका अनुसार सेवाग्राहीका लागि यो सेवा निःशुल्क भए पनि हुलाक महसुलका रूपमा रु. ६५ भने तोकिएको छ ।

राहदानी घरमा पुर्‍याउनका लागि जिल्लामा स्थानीय प्रशासन र हुलाक कार्यालयमार्फत मौखिक सहमतिसमेत भएको थियो । उक्त सहमतिअनुसार गत वैशाख ३ गतेदेखि बाँकेका सेवाग्राहीलाई राहदानी घरघरमा पुर्‍याउने अभ्यास सुरु भएको हो । संघीय सरकारको १०० दिने कार्यसूचीअनुसार समावेश गरिएको घरमै सेवा पुर्‍याउने कार्यक्रमअनुरूप सो सम्झौता गरिएको थियो । स्थानीय तह र सम्बन्धित वडाको समन्वयमा सेवाग्राहीलाई राहदानी वितरण गरिँदै आइएको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।

0 Comments