२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिक शिक्षा विस्तारमा सहकार्य गर्ने बेलायती मन्त्री मल्होत्राको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । नेपालको तीन दिने भ्रमणमा रहेकी संयुक्त अधिराज्यका ‘इण्डो प्यासिफिक’ र समानतासम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपालको शैक्षिक गुणस्तर र प्राविधिक शिक्षाको विस्तारमा आफूहरूले सहकार्य गर्ने बताएकी छन् ।

‘नेपाल–ब्रिटेन चेम्बर अफ कमर्श एण्ड इण्ड्रस्ट्रिज’द्वारा आज आयोजित ‘नेपालका लागि बेलायतको शैक्षिक साझेदारीको दायरा’ विषयक उच्चस्तरीय छलफलमा उनले दुई देशबीचको आपसी सम्बन्धलाई अझ गाढा बनाउन सहकार्यको प्राथमिकतामा शिक्षा रहने भएकाले आफूहरूले मानवीय पुँजीका लागि लगानी गर्ने जानकारी दिइन् ।

शिक्षामा पहुँच विस्तार र रोजगारीलाई महत्व दिँदै अर्थतन्त्रसँग शिक्षाको अन्तरसम्बन्धलाई जोड्नुपर्ने उनको भनाइ थियो । “बेलायतको एक अभिष्ट शैक्षिक विकास हो । कसरी शिक्षामार्फत युवालाई अवसर सृजनामा सहयोग गर्न सकिन्छ भनेर हामी सोचिरहेका छौँ ।,” उनले भनिन्, “नेपालमा बेलायती सम्बन्धनप्राप्त कलेज र बेलायतमा नेपालबाट पढ्न गएका विद्यार्थीका माध्यमबाट दुई देशको शैक्षिक सहकार्य र सम्बन्ध झल्किएकै छ । शिक्षाका अन्य क्षेत्रमा नेपालको नयाँ सरकारका प्राथमिकताका आधारमा सहकार्य बढाउन हामी तयार छौँ ।”

मन्त्री मल्होत्राले भ्रमणका क्रममा अर्थमन्त्री डा. स्वर्णीम वाग्ले, परराष्ट्र मन्त्री शिशिर खनाल, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायसँग भेटवार्ता गरेकी थिइन् । नेपालका लागि बेलायतका राजदूत रब फेनले दीगो लगानीका बहुक्षेत्रका विषयमा उनीहरूबीच विमर्श भएको जानकारी दिए।

बेलायत सरकारले दीर्घकालीन साझेदारीको सोचअन्तर्गत आधिकारिक विकास सहायता (ओडिए)मार्फत अन्तरराष्ट्रिय विकासलाई समर्थन गर्दै आएको छ ।

कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालले विविधता, समतामूलक समावेशीता, प्राविधिक शिक्षा र अशल शासनजस्ता सवालमा नेपाल सरकारले वैदेशिक सहकार्य खोजेको बताइन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का पूर्वसदस्यसचिव डा. रामहरि लामिछानेले नेपालमा ‘सेक्टर स्किल काउन्सिल’ स्थापना, बेलायतको गुणस्तर मापन प्रणाली विकास र अनुसन्धानमूलक उच्चशिक्षामा सहयोग आवश्यक भएको बताए ।

नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका महासचिव डा. उद्धव खड्काले उच्चशिक्षा अध्ययनका लागि नेपालबाट गत आर्थिक वर्षका २३ हजार विद्यार्थी बेलायत गरेको जानकारी दिए ।

छलफलमा ‘सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्ट’का प्रबन्ध निर्देशक आभा शाह, जेम्स कलेजका प्रिन्सिपल जेडी भट्टलगायतले नेपाल र बेलायतको शैक्षिक सहकार्यबारे सुझाव दिएका थिए ।

0 Comments