२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्मेली अफिसर्स सोसाइटीको सातौँ सभा सम्पन्न, पूर्वसचिव डा. घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

अ+ अ-

काठमाडौँ । गुल्मेली अफिसर्स सोसाइटीको सातौँ साधारण सभाले डा. रामप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । गुल्मी जिल्लाबाट विभिन्न क्षेत्र तथा सेवामा आबद्ध अधिकृत, कर्मचारी र बौद्धिक व्यक्तित्वहरूको साझा संस्थाका रूपमा रहेको सोसाइटीले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयनसँगै विभिन्न उपसमितिसमेत गठन गरेको हो ।

सोसाइटीमा करिब ७०० अधिकृत सदस्य रहेको जनाइएको छ । संस्थाले विगतदेखि नै सामाजिक सेवा, आपसी सहकार्य, बौद्धिक संवाद तथा जिल्लाको समग्र विकाससँग सम्बन्धित गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

साधारण सभाले नयाँ कार्यसमितिसँगै तीनवटा उपसमिति पनि गठन गरेको छ । स्थानीय समन्वय उपसमितिको संयोजकमा झबिन्द्र खनाल, सामाजिक सेवा समन्वय उपसमितिको संयोजकमा योगराज कँडेल तथा विकास समन्वय उपसमितिको संयोजकमा टंकप्रसाद पाण्डे चयन भएका छन् ।

साधारण सभामा संस्थाको आगामी कार्यदिशा तथा प्राथमिकतामाथि समेत छलफल भएको छ । छलफलका क्रममा निजामती सेवामा आकर्षण अभिवृद्धि, सेवा प्रवाहमा सहजीकरण तथा गुल्मीको पहिचान प्रवर्द्धनलाई संस्थाका प्रमुख प्राथमिकताका रूपमा अघि बढाइने विषयमा जोड दिइएको जनाइएको छ ।

नवनिर्वाचित अध्यक्ष डा. घिमिरेको नेतृत्वमा गठित कार्यसमितिले समाजसेवा, बौद्धिक बहस, जिल्लाको विकास र विभिन्न रचनात्मक कार्यक्रमलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने अपेक्षा गरिएको सहभागीहरूले बताएका छन् ।

कार्यक्रममा पूर्वमुख्य सचिव लीलामणि पौड्यालसहित विभिन्न उच्चपदस्थ कर्मचारी, अधिकृत तथा बौद्धिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो । सहभागी वक्ताहरूले गुल्मेली समुदायबीच एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउन सोसाइटीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका थिए ।

संस्थाले आगामी दिनमा जिल्लासँग सम्बन्धित विकास, सामाजिक उत्तरदायित्व र सहकार्यका कार्यक्रमलाई थप विस्तार गर्दै लैजाने तयारी गरेको जनाएको छ ।

0 Comments