२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रियाशील सदस्यतामा विवाद नबढाउन एनपी साउदको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता एनपी साउदले पार्टी भित्र आन्तरिक एकता र समन्वयलाई प्राथमिकता दिन आग्रह गर्दै क्रियाशील सदस्यताको विषयलाई लिएर थप विवाद नगर्न नेतृत्वलाई सुझाव दिएका छन्।

कैलालीको धनगढीमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले विशेष अधिवेशनमा सहभागी नभएका नेताहरूलाई पनि समेटेर पार्टीभित्र मेलमिलाप र सहकार्यको वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले सभापति गगन थापासँग असन्तुष्ट पक्षसँग संवाद र समन्वय अघि बढाउन आग्रह गरेका हुन्।

साउदले पार्टी विधानले अनुशासन सम्बन्धी विषयमा स्पष्ट व्यवस्था गरिसकेको उल्लेख गर्दै कुनै सदस्यले अनुशासन उल्लंघन गरेको अवस्थामा निर्धारित प्रक्रियाअनुसार कारबाही गर्न सकिने बताए। तर, सर्वसम्मतिबाट टुंगिएको क्रियाशील सदस्यताको विषयलाई पुनः विवादको विषय नबनाउन उनले जोड दिए।

उनले पार्टीका निर्वाचन समिति तथा अनुशासन समिति गठन गर्दा सबै पक्षलाई स्वीकार्य हुने गरी प्रक्रिया अघि बढाउनुपर्ने धारणा पनि राखे। उनका अनुसार संगठनभित्र विश्वास र सहकार्यको वातावरण कायम गर्न समावेशी र सर्वस्वीकार्य संयन्त्र आवश्यक छ।

पूर्व परराष्ट्र मन्त्री समेत रहेका साउदले विशेष अधिवेशनमा सहभागी समूह र असन्तुष्ट पक्षबीच सहमति तथा एकता कायम भएपछि मात्र आगामी १५औँ महाधिवेशन प्रभावकारी रूपमा सम्पन्न गर्न सकिने बताएका छन्।

0 Comments