२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अ+ अ-

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका-२ स्थित मणिसंगम माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्राथमिक तह तृतीय श्रेणीका शिक्षक कृष्णबहादुर खन्गाहामाथि झुट्टा शैक्षिक कागजातका आधारमा सरकारी सेवामा प्रवेश गरी पद तथा सुविधाको लाभ लिएको आरोप छ।

अनुसन्धानका क्रममा खन्गाहाले २०५९ सालदेखि अस्थायी शिक्षकका रूपमा सेवा प्रवेश गर्दा र पछि २०७५ सालमा स्थायी नियुक्ति लिँदा भारतको नागाल्यान्ड बोर्ड अफ स्कुल एजुकेसन, कोहिमा अन्तर्गत जारी भएको भनिएका एडमिट कार्ड, मार्कशीट र माइग्रेसन प्रमाणपत्रलगायत कागजात पेस गरेको पाइएको आयोगको दाबी छ।

ती कागजातहरू झुट्टा भएको निष्कर्षसहित उनले शैक्षिक योग्यतासम्बन्धी गलत विवरण प्रस्तुत गरी नियुक्ति प्राप्त गरेको आरोप लगाइएको छ। सोही आधारमा उनले हालसम्म शिक्षक पदमा रही सेवा सुविधा लिएको पनि उल्लेख छ।

आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को सम्बन्धित प्रावधानअनुसार सजायको माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको जनाएको छ।

0 Comments