२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा ईयू उच्चस्तरीय कूटनीतिक टोलीको भ्रमण, प्रधानमन्त्रीसँग सामूहिक भेट तय

अ+ अ-

काठमाडौँ । युरोपेली संघ (ईयू) को उच्चस्तरीय प्रतिनिधिमण्डल औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेको छ। भ्रमण कार्यक्रमअन्तर्गत टोलीले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग सामूहिक भेट गर्ने तय भएको छ।

प्रधानमन्त्री शाहले यसअघि व्यक्तिगत रूपमा विदेशी कूटनीतिज्ञहरूसँग भेट नगरेको अवस्थामा ईयू प्रतिनिधिमण्डलसँगको यो सामूहिक भेट विशेष कूटनीतिक महत्त्वको रूपमा हेरिएको छ।

नेपालका लागि ईयू राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा आएको उक्त प्रतिनिधिमण्डलमा युरोपका सदस्य राष्ट्रहरूका २२ जना राजदूत तथा उप-मिसन प्रमुखहरू सहभागी छन्। ईयू पक्षले यो भ्रमणलाई नेपाल-ईयू सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा व्याख्या गरेको छ।

प्रतिनिधिमण्डलमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका कूटनीतिक प्रतिनिधिहरू सहभागी छन्।

भ्रमण कार्यक्रमअनुसार टोलीले सोमबार परराष्ट्र मन्त्रालयका प्रतिनिधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीसँग छलफल गर्नेछ। त्यसैगरी निजी क्षेत्र, नागरिक समाजका अगुवा तथा युवा नेतृत्वसँग पनि छुट्टाछुट्टै भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।

ईयू प्रतिनिधिमण्डलकी प्रमुख लोरेन्जोका अनुसार यो भ्रमणले नेपालप्रति युरोपेली संघको निरन्तर प्रतिबद्धता झल्काउँछ। उनले नयाँ सरकारलाई बधाई दिनुका साथै विकास प्राथमिकतामा सहकार्य विस्तार गर्ने उद्देश्य रहेको बताइन्।

उनका अनुसार व्यापार, लगानी, जलवायु परिवर्तन र बहुपक्षीय सहकार्यका क्षेत्रमा नयाँ अवसर पहिचान गर्दै नेपालसँग मिलेर दिगो, समावेशी र समृद्ध भविष्य निर्माणमा अघि बढ्ने ईयूको तयारी रहेको छ।

0 Comments