काठमाडौँ । काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलबाट यौन क्रियाकलापसँग सम्बन्धित अवैध गतिविधिमा संलग्न भएको आशंकामा पाँच जना विदेशी महिला पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ परेकामध्ये चार जना युगाण्डा र एक जना केन्या मूलका नागरिक रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अनावश्यक रूपमा रोक्ने, सडकमा अवरोध सिर्जना गर्ने तथा यौन क्रियाकलापसँग सम्बन्धित आर्थिक लेनदेनका लागि दबाब दिने जस्ता गतिविधि गरेको उजुरी र निगरानीपछि नियन्त्रणमा लिइएको हो ।
उक्त घटनासम्बन्धमा पक्राउ परेकामाथि अभद्र व्यवहारको कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।







