२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दामा तीन जनाविरुद्ध अख्तियारद्वारा आरोप पत्र दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस-रिसवतसम्बन्धी प्रकरणमा तीन जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। आयोगले सरकारी साक्षीका रूपमा प्रस्तुत भएका व्यक्तिहरूको अदालतमा दिएको बयान अनुसन्धान क्रममा संकलित विवरणसँग मेल नखाएको आधारमा थप कानुनी कारबाही अघि बढाएको जनाएको छ।

आयोगका अनुसार विशेष अदालतमा विचाराधीन रहेको ढुण्डिराज दाहाल प्रतिवादी रहेको भ्रष्टाचारसम्बन्धी मुद्दासँग जोडिएको घटनामा साक्षीका रूपमा प्रस्तुत गरिएका विप्लव पोखरेल, प्रह्लाद गौतम र राजेश श्रेष्ठले प्रारम्भिक अनुसन्धानमा दिएको बयान विपरीत अदालतमा बयान दिएको देखिएको हो।

उक्त प्रकरणमा घुस लेनदेन भएको देखिने आधारहरू अनुसन्धानबाट पुष्टि भएको आयोगको निष्कर्ष छ। अनुसन्धान विवरणअनुसार विभिन्न कम्पनी तथा माध्यममार्फत कुल ९३ हजार ८५० रुपैयाँ बराबरको रकम प्रतिवादी ढुण्डिराज दाहाललाई उपलब्ध गराइएको उल्लेख छ।

विप्लव पोखरेलले आरएसभी मेटल र अभियान्ता नेपालसँग सम्बन्धित कारोबारमार्फत ५६ हजार ३५० रुपैयाँ बराबर रकम प्रवाह गरेको देखिएको छ। त्यस्तै प्रह्लाद गौतममार्फत ३७ हजार ५०० रुपैयाँ र राजेश श्रेष्ठमार्फत २७ हजार ३५० रुपैयाँ बराबरको आर्थिक लेनदेन भएको विवरण अनुसन्धानमा उल्लेख गरिएको छ।

आयोगका अनुसार प्रारम्भमा अनुसन्धानका क्रममा सहकार्य गरेका कारण उनीहरूलाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको भए पनि अदालतमा फरक बयान दिएको आधारमा उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुरजन्य व्यवहारका रूपमा व्याख्या गरिएको छ।

सोही आधारमा आयोगले तीनै जनाविरुद्ध विशेष अदालतमा छुट्टाछुट्टै आरोप पत्र दायर गर्दै कानुनअनुसार कैद, जरिवाना तथा बिगो जफतको मागदाबी गरेको छ। आरोप पत्रमा सम्बन्धित कसुरअनुसार ऐनको विभिन्न प्रावधान बमोजिम सजाय हुनुपर्ने उल्लेख गरिएको छ।

आयोगले प्रस्तुत प्रकरणमा न्यायिक प्रक्रिया प्रभावित हुने गरी गलत बकपत्र गरिएको विषय गम्भीर भएकाले थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

0 Comments